‘आँखा बचाउन दिनको तीन पटक सफा गरौँ’
पछिल्लो समय वायु प्रदूषण बढ्दैगएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेसँगै मानिसको स्वास्थ्यमा गम्भीर असर पुगेको छ ।
विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति
विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् ।
विश्वविद्यालय सुधार्न मेरिटोक्रेसीको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड
प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ: प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताउनुभएको छ ।
एकलहरुको पीडा बिसाउने छहारी कृषि
“एक महिलाको चुनौती भनौं कि कमजोरी, बोल्न एकदम अक्मकाउनु हुन्छ, आफ्नो परिचय भन्न पनि लजाउनुहुन्छ । उहाँ हुनुहुन्छ मानव अधिकारका लागि एकल महिला समूहकी केन्द्रीय बोर्ड सदस्य सबिता महर्जन । “लाज भनेको महिलाको गहना हो भन्ने परम्परागत सिद्धान्त छ” उहाँले भन्नुभयो ।
गैँडाको आक्रमणबाट एक घाइते
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ रमौलीमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
उत्तरी धादिङको यातायात,चार दशकमा बन्यो पुल
उत्तरी धादिङका अधिकांश स्थानमा अझै सहज सडक यातायात पुग्न सकेको छैन । उत्तरी धादिङलाई जोड्ने दामन पाख्रिन मार्गको काम सुरु भएको चार दशक भइसक्दा पनि अझै काम सम्पन्न भएको छैन ।
चट्याङ लागेर वृद्धा घाइते
हेटौँडा उपमहानगरपालिका –१३ पदमपोखरीस्थित चक्रीय विकास टोलमा चट्याङ लागेर एक वृद्धा घाइते हुनुभएको छ ।
बागमतीको माटोमा अम्लीयपना
बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या पाएको हो ।
आध्यात्मिकताले समाजको शुद्धीकरण गर्छ : मन्त्री चौधरी
आध्यात्मिकताले समाजलाई नकारात्मक असर नपर्ने अझ समाजको शुद्धीकरण गर्ने बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल वराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
पर्यटकको उत्साहजनक आगमन
नेपाली नयाँ वर्ष २०८१ को सुरुवातीसँगै जिल्लाको धार्मिक एवं पर्यटकीय स्थलमा आन्तरिक एवं बाह्य पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ । जिल्लामा प्रचारप्रसार नहुँदा धे
बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।
मन्थलीमा टिपर दुर्घटना चालकको मृत्यु सहचालक घाइते
रामेछाप सदरमुकाम मन्थली नजिकै टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
नेकपा एमाले संसदीय दलको बैठक बस्दै
आज सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ ।
भोली टोखामा सार्वजनिक बिदा
काठमाडौँको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४ गते सार्वजनिक बिदा दिएको छ । टोखाको गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ साथै वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
एसिसी प्रिमियर कप: नेपालले आज हङकङसँग खेल्ने
एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ ।
जिब्रो छेड्ने जात्रा, पिताको बिँडो थामे सुजनले
भक्तपुरको सबैभन्दा ठुलो सांस्कृतिक उत्सव बिस्काः जात्राका क्रममा नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा धुमधामसँग मनाइएको छ । यस वर्ष सुजन बाग श्रेष्ठले दोस्रो पटक आफ्नो जिब्रो छेडाएर यो परम्परालाई निरन्तरता दिनुभयो । योभन्दा पहिला उहाँका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आउनुभएको थियो । चैत मसान्तका दिन महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि सुरु हुने जात्रामा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने प्रचलन अनुसार यो पटक २८ वर्षका सुजन बाग श्रेष्ठले जिब्रो छेड्नुभएको हो ।
आर्थिक क्रियाकलाप चलायमान बन्दै
आर्थिक मन्दीका कारण समस्या भोगिराखेका चितवनको व्यवसायमा तीन महिनायता सुधारोन्मुख अवस्था भएको पाइएको छ । अङ्ग्रेजी नयाँ वर्षदेखि चैत महिनाको अन्तिमसम्म जिल्लामा भएका गतिविधि र त्यसपछि भएका प्रभावले अर्थतन्त्रमा सुधारको अवस्था आएको चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिडअगाडिको अवस्था जस्तो भएको छैन, तीन महिनायता सुधारतर्फ गएको छ ।” चितवनमा राष्ट्रियस्तरका कार्यक्रमहरू आयोजना भएका छन्, मेला महोत्सव, प्रदेशस्तरीय खेलकुद, एक्स्पोलगायतका कारण चितवनका होटलहरू भरिएका छन् । यसले यहाँको बजारमा आर्थिक रूपले सकरात्मक प्रभाव पारेको हामीले पाएका छौँ, अध्यक्ष श्रेष्ठले भन्नुभयो । होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार भरतपुर क्षेत्रमा २० प्रतिशत र पश्चिम चितवनमा ६० प्रतिशत होटलको बुकिङ वृद्धि भएको छ । अध्यक्ष चुकेले भन्नुभयो, “होटलमा आएका पर्यटकले यहीको बजारमा आर्थिक प्रभाव पार्ने गर्छ । मेला महोत्सव तथा एक्स्पो नभएको अवस्थामा अहिले ती गतिविधि भएका छन् । होटल व्यवसायका लागि अहिले निराशा होइन आशा पलाएको छ । पर्यटक पाउन मुस्किल भएका होटलमा अहिले भरिन थालेको छ, यसले उत्साहित बनाएको छ ।
‘प्रतिबद्धता जनाएको लगानी किन भित्रिएन’
मुलुकमा लगानी गर्ने भनेर प्रतिबद्धता जनाए पनि सो अनुपातमा लगानी भित्रिन नसकेकाले किन लगानी भित्रिएन भनेर फलोअप र अध्ययन गर्न विज्ञहरूले जोड दिनुभएको छ । तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालको आर्थिक सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा विज्ञहरूले प्रतिबद्धता अनुसार लगानी के कारणले आउन सकेन भनेर त्यसको फलोअपसँगै अध्ययन गर्नुपर्ने बताउनुभएको हो ।
भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कूल बस सहयोग
भारतले नेपाललाई विभिन्न जिल्लामा गरी ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कूल बस सहयोग गरेको छ । भारतीय राजदूतावास, काठमाडौंले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई सो एम्बुलेन्स र स्कूल बस सहयोग गरेको हो ।
सरकारको प्रारम्भिक काम सकारात्मक छ : एमाले
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ ।
धादिङमा दुर्घटना अपडेट : दुई जनाको मृत्यु
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका– ५ स्थित खाल्टेमा ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ।
धादिङको खाल्टेमा ट्रक दुर्घटना, एक जनाको मृत्यु
धादिङको खाल्टेमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते छन् । घाइतेको अवस्था गम्भीर रहेको स्थानीयले जानकारी दिएका छन् ।
जिब्रो छेडेर नगर परिक्रममा गर्दै श्रेष्ठ
मध्यपुर थिमिको ऐतिहासिका बिस्काःजात्रासँगै हरेक वर्ष मनाइँदै आएको जिब्रो छेड्ने जात्रामा जिब्रो छेडेर नगर परिक्रमा गर्दै सुजन बाग श्रेष्ठ ।