१४औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड सुरु
सालको जुनियर राष्ट्रिय कीर्तिमान सुधार गर्दै गण्डकी प्रदेशका गणेश विकले मङ्गलवार १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जित्नुभएको छ ।
सङ्घीय प्रणालीका आधारमा बजेट ल्याउन सरकारलाई अर्थविद्को सुझाव
सरकारले आगामी आर्थिक वर्षको बजेट सङ्घीय प्रणालीमा रहेको अभास हुनेगरी ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको प्रि–बजेट छलफलमा अर्थविद्हरुले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।
विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग
सरोकारवालाहरूले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गर्नुभएको छ ।
राजनीतिक परिस्थितिको प्रभाव कानुन निर्माणमा छ : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानुन निर्माणमासमेत केही प्रभाव परेको बताउनुभएको छ ।
जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै
ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता बिस्तारै हट्दै गएको छ । ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख सङ्कलन गरी कारबाही गर्न सहज भएको जनाएको छ ।
पहाडी जिल्लामा वर्षाको सम्भावना
काठमाडौँ उपत्यकासहित देशका पहाडी भूभागमा मंगलबार साँझ हल्का वर्षाको सम्भावना रहेको छ।
नेप्से परिसूचक ओरालो लाग्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सिमित भएको छ ।
विपद् प्रभावितको निजी आवास पुनः निर्माण प्रक्रिया सुरु
सरकारले विपद् प्रभावितको निजी आवास प्रबलीकरण, पुनः निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ ।
सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले वैशाख १९ गतेदेखि एक महिने ‘सीप मेला’ आयोजन गर्ने भएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न लागेको हो ।
रङ्गशाला निर्माणका लागि महायज्ञ
पूर्वी मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । जुरेली रङ्गशाला निर्माण समिति बकैया –४ ले रङ्गशाला निर्माणमा सहयोग जुटाएको हो ।
महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताउनुभयो ।
वन्यजन्तु सप्ताहः सामुदायिक वनमा चरा अवलोकन
२९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ । सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको हो ।
वर्षान्त २०८०: अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको असरबारे छलफल भएको वर्ष
युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८ औँ सम्मेलनमा नेपालले पनि चर्चा पायो ।
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ८०८ पुग्यो
जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् ।
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा, झापा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी सञ्चालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका–७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् ।
वर्षान्त २०८०: पर्यटनमा उपलब्धिको वर्ष
कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढ्यो । आन्तरिक र बाह्य पर्यटक बढेपछि होटलहरुको ‘अकुपेन्सी’मा उल्लेख्य सुधार देखियो । त्यति मात्रै होइन, पर्यटन क्षेत्रमा लगानी पनि बढ्यो ।
अन्तर्राष्ट्रिय समितिको बैठकको स्थगित
निर्धारित समयमा बैठक सुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
खेलकुद मैदान निर्माणमा भ्रष्टाचार : पाँच जनाविरुद्ध मुद्दा दायर
डोल्पा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको अरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रकाश दाहाल स्मृति भलिबल यसै महिना
प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको वैशाख २२ देखि २५ सम्म हुने भएको छ ।
तोलामा एक हजार सात सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य प्रतितोला एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नमुना मार्ग बन्ने
संघीय सरकारको सहरी विकास मन्त्रालयमार्फत् १६ करोड रुपियाँको स्वीकृत बजेटले हेटौँडामा नमुना मार्ग बन्ने भएको छ ।
धादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइतेको मृत्यु
धादिङको नीलकण्ठ नगरपालिका-५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यातायात महासंघ सिण्डिकेटको पक्षमा छैन : अध्यक्ष स्वाँर
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नभएको बताउनुभएको छ । महासंघका अध्यक्ष स्वाँरले मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै यस्तो बताउनुभएको हो ।