सभ्य सडक संस्कार नै सडक दुर्घटना न्यूनीकरणकाे आधार: गृहमन्त्री लामिछाने
सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरणको मुख्य आधार भएको बताउनुभएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेले ट्राफिक सचेतना विशेष अभियानको सुरुवात गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
सहिद स्मारकमा एकै दिन बिस हजार पर्यटक
नयाँ वर्षको पहिलो दिन शनिबार सहिद स्मारकमा आन्तरिक तथा बाह्य पर्यटकको भिड थेगिनसक्नुभएको छ । नयाँ वर्षका दिन नयाँ स्थानसँगै मठमन्दिरमा परिवार र साथीभाइसँगै जाने आमप्रचलन अनुसार नयाँ गन्तव्य स्थलको खोजीका क्रममा स्मारकमा पर्यटकको ठुलो सङ्ख्यामा भिड लागेको हो । पछिल्ला वर्षमा नेपालीसँगै अङ्ग्रेजी नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गन्तव्य स्थलमध्येको एक हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक बन्दै आएको छ ।
शैक्षिक सत्र सुरु: बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ ।
बस्न सकेन मन्त्रीपरिषद् बैठक
गत फागुनको दोस्रो साता मन्त्रीपरिषद् बैठक बसेपछि बागमती प्रदेशको मन्त्रीपरिषद् अहिलेसम्म बस्न सकेको छैन । गत फागुन ८ गते प्रदेश सरकारको मन्त्रीपरिषद् बसेको थियो । विगतमा हरेक महिनामा कम्तीमा एक पटक र आवश्यकता अनुसार मन्त्रीपरिषद् बैठक बस्दै आएकोमा पछिल्लो समय बैठक बस्न नसकेको करिब दुई महिना पुग्न लागेको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
नेकपा एमाले सचिवालय बैठक बस्दै
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
चिकित्सक नहुँदा थन्किए उपकरण
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागार्इंले बताउनुभयो ।
उद्धार केन्द्रमै मर्न थाले पाटेबाघ
उद्धार केन्द्र र संरक्षित क्षेत्रको सुरक्षा घेरामा दुर्लभ पाटेबाघ धमाधम मर्न थालेका छन् । देशका विभिन्न राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रस्थित उद्धार केन्द्रमा राखिएका पाटेबाघ मर्ने क्रम जारी रहेपछि संरक्षणकारी निकायमा चिन्ता बढेको छ । उद्धार केन्द्रमा राखिएका बाघको रेखदेख राम्रो नहुँदा मर्न थालेको संरक्षणकर्मीले आरोप लगाएका छन् ।
२०८० सालमा निजामती सेवा : थोरै उत्साह, केही बाधा
गत एक वर्षमा कसिलो बन्दै गएको प्रशासनिक सङ्घीयताको गाँठो फुक्न नसके पनि सङ्घीयताको साख गिर्न नदिने गरी प्रशासनिक सङ्घीयता गुजार्ने काम भएको छ । सरकारले निजामती सेवा ऐन जारी गर्न नसक्नु नै प्रशासनिक सङ्घीयता कार्यान्वयनको प्रमुख बाधक बनेको हो तर ढिलै भए पनि सङ्घीय निजामती सेवा विधेयक संसद्मा दर्ता भई छलफल हुनुले निजामती कर्मचारीमा केही उत्साह भने थपिएको छ ।
‘कोमा’ मा सिंहदरबार वैद्यखाना
आयुर्वेदिक औषधीको अध्ययन, अनुसन्धान र उत्पादनको उद्देश्यसाथ २०५१ सालमा स्थापित सिंहदरबार वैद्यखाना विकास समिति ३० वर्षपछि आफैँ ‘कोमा’ मा पुगेको छ । करोडौँ रुपियाँ खर्चिएको औषधी उत्पादनको मेसिनमा खिया लागिरहँदा सिंहदरबार वैद्यखाना विकास समितिको कार्यालय ५० जनाभन्दा बढी कर्मचारीको ‘जागिर खाने, दिन बिताउने’ अड्डा बनेको हो ।
महिला मन्त्रालयमा पुरुषको वर्चस्व
महिला सशक्तीकरण तथा उत्थानसमेतका लागि स्थापना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्वको जिम्मेवारीमा प्रायः पुरुष हाबी हुने देखिएको छ । मन्त्रालय स्थापना भएको २८ बर्से अवधिको तथ्याङ्कमा यस्तो देखिएको हो । २०५२ सालमा स्थापना भएको मन्त्रालयमा हालसम्म ५० जना मन्त्री भएका छन् । तीमध्ये १५ जना मात्र महिला छन् । मन्त्रालयमा कर्मचारीतर्फको नेतृत्वमा पनि अधिकांश पुरुष नै हाबी हुने गरेको देखिन्छ ।
नेपाल बुद्धिचाल महासङ्घको अध्यक्षमा हेराकाजी निर्वाचित
नेपाल बुद्धिचाल महासङ्घको नवौँ तथा विशेष साधारण सभाले हेराकाजी महर्जनलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।
२९ औँ वन्यजन्तु सप्ताह सौराहामा सुरु
चितवनमा आजदेखि २९ औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
स्मिताको नयाँ गीत सार्वजनिक
गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत लुकाउने ठाउँ छैन ‘जाली रुमाल’ आज सार्वजनिक भएको छ । सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङले संयोजन गर्नुभएको गीतको श्रव्यदृश्यको निर्देशन गम्भीर विष्टले गर्नुभएको छ ।
तीन कृति लोकार्पित
वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्ध सङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ निबन्ध सङ्ग्रह र जितेन्द्र रसिक कृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) सहित तीन साहित्यिक कृतिको लोकार्पण गरिएको छ ।
वामपन्थी शक्तिबिच एकताको खाँचो छ : पूर्व प्रधानमन्त्री खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताउनुभएको छ ।
सहिद स्मारक आजबाट राति १० बजेसम्म खुल्ने
नयाँ वर्ष २०८१ को शुभारम्भसँगै हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारक आज (शनिबार)बाट राति १० बजेसम्म खुला गरिनेभएको छ ।
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौँमा स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।
चट्याङ लागेर वृद्ध बेहोस
मकवानपुरको भीमफेदी गाउँपालिका ८ स्थित शिरुडाँडामा चट्याङ लागेर एक वृद्ध बेहास हुनुभएको छ ।
नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ
नयाँ वर्षलाई लक्षित गरी हलहरुमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ ।
गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।
कांग्रेस संसदीय दलको बैठक आइतबार
नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
नयाँ वर्षका दिन उत्सवमय चहलपहल
नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ । शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।
भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो
याँ वर्षको अवसरमा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्यरुपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा हेर्न मानव सागर उर्लिएको छ ।