• २० वैशाख २०८१, बिहिबार

स्मिताको नयाँ गीत सार्वजनिक

blog

काठमाडौँ, वैशाख १ गते । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत लुकाउने ठाउँ छैन ‘जाली रुमाल’ आज सार्वजनिक भएको छ । सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङले संयोजन गर्नुभएको गीतको श्रव्यदृश्यको निर्देशन गम्भीर विष्टले गर्नुभएको छ । श्रव्यदृश्यमा प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गर्नुभएको छ । टि इन्टरटेन्मेन्टले आज ‘युट्युब’मार्फत सार्वजनिक गरेको उक्त गीतको छायाँकन नवराज उप्रेतीले गर्नुभएको हो । रासस