सद्भावका देवता सेतो मच्छिन्द्रनाथकाे रथजात्रा सुरु
विश्वलाई अपनत्व महसुस गराउने प्रयत्नले सेतो मच्छिन्द्रनाथको जात्रा सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।
बुधवारबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर (तार) ले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ ।
भरतपुर भ्रमण वर्ष कार्यक्रम निरन्तर
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष घोषणा गरेसँगै चितवनको भरतपुर केन्द्रित कार्यक्रम गर्ने क्रम बढेको छ । भ्रमण वर्षको औपचारिक उद्घाटन मार्च १ अर्थात् फागुन १८ गते भए पनि
रिक्त एआईजीमा जोशी र ढकाललाई बढुवा सिफारिस
नेपाल प्रहरीमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेश राज जोशी र भिमप्रसाद ढकाललाई बढुवाका लागि गृह मन्त्रालयले सिफारिस गरेको छ ।
सडकमा निर्माण सामग्री छाडे कारबाही
काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ ।
सेतो मत्स्येन्द्रनाथ रथयात्रा आजदेखि
वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहाःद्यःको रथयात्रा मङ्गलबारदेखि सुरु हुने छ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । रथयात्रा समितिका अनुसार मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइएको परम्परागत किंवदन्ती छ । त्यसपछि चैत शुक्ल पूर्णिमाको दिन खटमा राखेर रथमा पु¥याउने चलन चल्दै आएको हो ।
घरजग्गाको कारोबारबाट चार अर्ब राजस्व सङ्कलन
घरजग्गाको कारोबारको राजस्व सङ्कलनमा वृद्धि भएको छ । पछिल्लो तीन महिनायता घरजग्गाको कारोबारमा सामान्य सुधार हुँदै गएको देखिन्छ । गत माघमा सरकारले घरजग्गा कारोबारबाट तीन अर्ब ३७ करोड ५७ लाख रुपियाँ सङ्कलन गरेको थियो भने फागुन महिनामा तीन अर्ब ५९ करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
एमालेको महाधिवेशन प्रतिनिधि परिषद् तयारी तिव्र
वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्र रुपमा भएको नेताहरुको भनाइ छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य तीन रुपियाँले बढ्यो
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुनेगरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो ।
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ
डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले नवनियुक्त दुई सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी
फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ ।
नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री समक्ष कार्य विस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस
प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष कार्य विस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस भएको छ ।
निगमले बुझायो किस्ताबापतको ५३ करोड
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।
नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुख घिमिरेको आग्रह
सभामुख देवराज घिमिरेले राष्ट्रियता फरक भएपनि मातृ तथा पितृभूमि एउटै भएका कारण नेपालीमूलका सबै नागरिकलाई नेपाली भाषा र संस्कृतिका माध्यमबाट जोड्नुपर्ने बताउनुभएको छ ।
विश्व कला दिवस : कला बजारकै चिन्ता
पाका चित्रकार किरण मानन्धरले कला क्षेत्रबाटै नाम कमाउनुभयो । आफ्नो परिचय स्थापित गर्नुभयो । अनि दाम नि ? यो प्रश्न उहाँलाई सधैको ‘जोक’ जस्तै लाग्छ रे । उहाँ यसको एउटै उत्तर दिने गर्नुहुन्छ, “कला अमूल्य छ ।”
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवम् नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले सम्हाल्नुभएको छ ।
तस्बिरमा सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’
सोमबार सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।
सडक दुर्घटनामा दुई जनाको मृत्यु
रामेछापमा सोमबार एकै दिन भएको छुट्टाछुट्टै सडक दुर्घटनामा जनाको ज्यान गएको छ । सोमबार बिहान मन्थली नगरपालिका–७ मन्थलीबाट नजिक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।
नियमावली संशोधन हुँदा अधिकांश न्यायाधीश चिन्तामा : अध्यक्ष घिमिरे
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) का कारण अधिकांश न्यायाधीश चिन्तामा परेको बताउनुभएको छ ।
महिलाको पहिलो घर अब संसद् : विज्ञ
आगामी निर्वाचनमा महिलाको धेरै सहभागिता सुनिश्चित हुने व्यवस्था गर्न निर्वाचन आयोगलाई विज्ञले सुझाएका छन् ।
नेप्से परिसूचकमा १६ दशमलव ८२ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ को बिन्दुमा कायम भएको हो ।
काठमाडौँको प्रदूषण अझै अस्वस्थ
काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको हो ।
प्रधानमन्त्रीद्वारा नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’
नेपाललाई सुरुङ युगमा लैजाने महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ ।