• १२ साउन २०८१, शनिबार

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

blog

काठमाडौँ, वैशाख ३ गते । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवम् नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले सम्हाल्नुभएको छ । यसअघिका प्रवक्ता एवम् सहायक रथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायक रथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गर्नुभएको हो ।

त्यसअवसरमा सहायक रथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चारगृह, प्रकाशक, सम्पादक र विशेष गरी रक्षासँग सम्बन्धित विटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार व्यक्त गर्नुभयो । प्रवक्ताको जिम्मेवारी पाउनुभएका केसीले नेपाली सेना र आमसञ्चार जगतबिचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो । प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख हुनुहुन्थ्यो भने सहायक रथी भण्डारीको सैनिक अभिलेखालयमा सरुवा भएको छ । रासस