• २० वैशाख २०८१, बिहिबार

भरतपुर भ्रमण वर्ष कार्यक्रम निरन्तर

blog

शान्ता अधिकारी 

चितवन, वैशाख ४ गते  । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष घोषणा गरेसँगै चितवनको भरतपुर केन्द्रित कार्यक्रम गर्ने क्रम बढेको छ ।  भ्रमण वर्षको औपचारिक उद्घाटन मार्च १ अर्थात् फागुन १८ गते भए पनि सन् २०२४ को सुरुवातदेखि नै भरतपुरकेन्द्रित कार्यक्रम हुन थालेको हो । भ्रमण वर्षलाई केन्द्रित गरी होटल व्यवसायी सङ्घ चितवनले पहिलो पटक गत पुस १४ देखि १८ सम्म आयोजना गरेको रैथाने फुड फेस्टिभबल होस् या कुमाल समाज नेपालले मेघौलीको गोलाघाटमा आयोजना गरेको माघेसङ्क्रान्ति विशेष कार्यक्रम । 

कुमाल समुदायको सबैभन्दा ठुलो चाड माघेसङ्क्रान्ति विशेष कार्यक्रम भए पनि भरतपुर भ्रमण वर्षसँग जोडिएको कार्यक्रम थियो । त्यसो त पोल्ट्री व्यवसायीले आयोजना गरेको पुस १७ को ११ औँ पोल्ट्री दिवसको विशेष कार्यक्रममा पनि भरतपुर भ्रमण वर्षको रौनक थियो । त्यस्तै भरतपुर भ्रमण वर्षको उद्घाटनपूर्व भ्रमण वर्षलक्षित अर्को कार्यव्रmम थियो, पुस २६–२८ मा भरतपुर–२, क्षेत्रपुरमा सम्पन्न नेपाल पशुपन्छी औषधी व्यवसायी सङ्घको महाधिवेशन ।  

भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार केही कार्यक्रम भ्रमण वर्षलक्षित भए पनि अधिकांश कार्यक्रम स्वतःस्फूर्त रूपमा भ्रमण वर्षसँग जोडिएको पाइएको छ । उहाँ भन्नुहुन्छ, “भ्रमण वर्षको अवधिमा महानगर क्षेत्रभित्र केन्द्रित राष्ट्रिय कार्यक्रमलाई अभिभावकत्व प्रदान गर्न महानगर तयार छ ।” उहाँले भन्नुभयो, “हामीले जे जस्तो होला गरौँला भन्ने ठानेका थियौँ, त्योभन्दा राम्रो गरी सफल हुने देखियो । उद्घाटनका अवसरमा ५० हजार अवलोकनकर्ता जम्मा गर्न सकिने हो कि होइन भन्ने लागेको थियो । सोच्दै नसोचेको जनसहभागिता भयो । उद्घाटनको अवसरले गरेको सङ्केतबाट भ्रमण वर्ष आधा सफल भइसकेको छ ।” 

भ्रमण वर्षको औपचारिक कार्यक्रम उद्घाटनपछि आदिवासी जनजाति महासङ्घको अगुवाइमा नारायणी नदी किनारमा सम्पन्न आदिवासी जनजाति महोत्सव तथा व्यापार मेला महìवपूर्ण थियो । १३ दिनसम्म चलेको उक्त कार्यक्रमले भरतपुर मात्र नभएर समग्र चितवनमा बसोवास गर्ने जातिगत पहिचान र रहनसहन झल्काएको अनुभूति गरिएको छ । भरतपुर महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा एउटा उत्सवकै रूपमा सुरु भएको भरतपुर भ्रमण वर्षको औपचारिक कार्यक्रम दुई महिना ढिलो भएको थियो ।

भ्रमण वर्ष केन्द्रित भएर होटल व्यवसायी सङ्घको केन्द्रीय बैठक, साइकल जङ्गल राइड, साइकल -याली, म्याराथन सम्पन्न भएका छन्  । 

बागमती प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको अन्तरप्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता र नारायणी नदी किनारमा नयाँ वर्ष विशेष उत्सव भरतपुर भ्रमण वर्षलक्षित महìवपूर्ण कार्यव्रmम थिए । पर्यटन तथा होटल व्यवसायी प्रतिष्ठान (नाथम) द्वारा गरिएको अन्तव्र्रिmया, महिला उद्यमीको कृषि प्रदर्शनी, नेपाल नेत्रज्योति सङ्घको महाधिवेशन, लायन्स क्लब ३२५ आरको अधिवेशन, फर्म एक्स्पो पनि भरतपुरमै सम्पन्न भए ।

भरतपुर भ्रमण वर्ष २०२४ अवधिमा भ्रमण वर्षको उद्घाटन र समापनबाहेक ४९ वटा कार्यक्रम सम्पन्न गर्ने महानगरको नगर कार्यपालिका बैठकले पारित गरेको छ । मेला, महोत्सव, प्रदर्शनी, सेमिनार तथा गोष्ठी, पर्यापर्यटन कार्यव्रmम, ¥याली, म्याराथन, खेलकुद, साहित्यिक कार्यक्रम गर्ने उल्लेख छ । त्यस्तै राष्ट्रिय सम्मेलन चार वटा, धार्मिक पर्यटनका कार्यव्रmम चार वटा र फुड फेस्टिभल छ वटा रहेका छन् ।