२०८० मा स्वास्थ्यः कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म
२०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गर्नुभएको हो ।
गण्डकी र बागमतीलाई अन्तरप्रदेश भलिबल उपाधि
गण्डकी प्रदेश र बागमती प्रदेशले प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि जितेका छन् । गण्डकी पुरुष तथा बागमती महिलामा च्याम्पियन बनेको हो ।
एमाले सचिवालय बैठक आइतबार
नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको हो ।
राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना
राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको हो ।
‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई
लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ ।
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन: उपप्रधानमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको छ ।
नयाँ वर्ष नवीन अवसर: प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रमुख शर्माले नयाँ वर्षलाई नवीन अवसर र सम्भावनाहरूको पहिचान गर्दै स्वागत गर्न सक्नुपर्ने बताउनुभएको छ ।
हेटौडाको भुटनदेवी मन्दिर (फोटो फिचर)
हेटौडाको भुटनदेवी मन्दिर, हेटौडा मात्र होइन कि यी देवी नेपालमा नै निकै प्रख्यात देवी मध्ये एक हो । यो मन्दिर मकवानपुरको सदरमुकाम हेटौडा उप महानगरपालिका वडा नं १० को मध्य बजारमा अवस्थित रहेको छ।
चिउरी–चमेरो संरक्षण कार्यक्रमका लागि सम्झौता
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ बाट सीमान्तकृत समुदाय चेपाङ समुदायको उत्थानका लागि चिउरी–चमेरो संरक्षण कार्यक्रम सुरु गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत चेपाङ समुदायलक्षित चेपाङ समुदायको उत्थानका लागि चिउरी–चमेरो संरक्षण कार्यव्रmम सञ्चालन गर्न छनोटमा परेका बागमती प्रदेशका तीन जिल्लाका स्थानीय तह र सामाजिक विकास मन्त्रालयबिच सम्झौता गरिएको छ
सेवा निवृत्तिपछि फेरी लगाउँँदै ध्रुव
बारा जिल्लाको निजगढ नगरपालिका–११ स्थित रतनपुरका ध्रुव जोगीको अहिले दैनिकी फेरिएको छ । तीन वर्षअघिसम्म नेपाली सेनामा कडा अनुशासनमा रहेका ध्रुवको दैनिकी सेवा निवृत्त भएसँगै फेरिएको हो । प
राष्ट्रिय आकाङ्क्षालाई साकार बनाउने दिशातर्फ अग्रसर बनौँ : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार बनाउने दिशातर्फ अग्रसर हुन सकौँ भन्नुहुँदै नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सो कामना गर्नुभएको हो ।
२२ जनालाई नइ पुरस्कारद्धारा पुरस्कृत
नइ प्रकाशनले आज राजधानी काठमाडौँमा देश देशान्तरका बाइस जना प्रतिभालाई २०७९ सालको नइ पुरस्कार प्रदान गरेको छ ।
नयाँ वर्षसँगै नेपालीहरूमा थप उत्साह थपिनेछ : उपाध्यक्ष घिमिरे
जनताले नयाँ संविधान पाए पनि सोही अनुरूप मुलुक अगाडी बढ्न नसक्दा जनतामा अहिले चरम निराशा देखिन थालेको छ । यो निराशालाई चिर्दै नयाँ वर्षसँगै जनतामा थप उत्साह थपिने बताउनुभएको छ ।
नयाँ वर्ष : उमङ्गको पर्व
नयाँ वर्षको आगमनलाई विगतको भन्दा आउँदा दिन अझ बढी फलदायी र सुखमय रहून् भन्ने कामनाका साथ उल्लासमय ढङ्गले मनाइन्छ । विगतका दिनमा भएका हानिनोक्सानी तथा राम्रा नराम्रा घटनाक्रमको विवेचना गरेर आउँदा दिनमा ती सबै अनुभवलाई पाठका रूपमा अँगाल्दै विभिन्न खाले रचनात्मक कार्य थालेर नयाँ जीवनको आरम्भ गर्ने सङ्कल्प यही दिनमा गर्ने गरिन्छ । नयाँ वर्षको दिन भनेको नयाँ उमङ्ग, नयाँ उल्लास, नयाँ कामको सुरुवाती गरिने दिनका रूपमा लिइन्छ ।
नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुनेछ : अध्यक्ष दाहाल
सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुने विश्वास व्यक्त गर्नु भएको छ । नयाँ वर्षको शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र आजदेखि हट्यो
काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र आज(शनिबार)देखि हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।
मुलुकको नवनिर्माणमा जुट्न हार्दिक अपिल
सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८१ ले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप तथा भाइचारा सम्बन्ध विकासमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।
खुल्दै सुरुङको ढोका, पूर्वाधार विकासको नयाँ गन्तव्यमा पुग्दै नेपाल
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग छिचोलिन डेढ मिटर मात्र बाँकी छ । यो खन्दाखन्दै बाँकी रहेको पनि होइन बाँकी राखिएको हो । सबै कुरा सामान्य रहेको भए खन्न बाँकी राखिएको भाग पूरा भएर नेपाल सुरुङमार्गको नयाँ चरणमा यसअघि नै प्रवेश गर्ने थियो तर स्थानीयवासीको अवरोध र अन्य विभिन्न कारणले त्यो मिति पछि सर्दै जाँदा २०८१ सालको सुरुमा नै नेपाल नयाँ ढोका उघार्दै पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गर्ने भएको छ ।
अध्यक्ष बस्नेत हिमडमरु उपाधिले सम्मानित
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउन सके मात्र पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
टोखामा आजदेखि विस्का जात्रा सुरु
ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको टोखामा विस्का नखः (जात्रा) आजदेखि सुरु भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यसवर्ष पनि आजदेखि वैशाख ४ गतेसम्म पाँच दिन विस्का नखः मनाउन लागिएको हो ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसला चित्त नबुझी सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ ।
उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
सामाजिक सञ्जालमा द्वेष फैलाउने सामग्री प्रकाशन नगर्न प्रहरीको अनुरोध
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सामाजिक सञ्जाल र विद्युतीय सञ्चार माध्यमहरूमा घृणा एवम् द्वेष फैलाउने सामग्री प्रकाशन नगर्न अनुरोध गरेको छ ।