• १३ असोज २०८१, आइतबार

गण्डकी र बागमतीलाई अन्तरप्रदेश भलिबल उपाधि

blog

उपाधि विजेता बागमती टोली ।

काठमाडौँ वैशाख १ गते । गण्डकी प्रदेश र बागमती प्रदेशले प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि जितेका छन् । गण्डकी पुरुष तथा बागमती महिलामा च्याम्पियन बनेको हो । 

पुरुषको फाइनलमा गण्डकीले कोशी प्रदेशलाई २५–१८, २५–२२, २५–१८ को सोझो सेटमा हरायो । सुदूरपश्चिम प्रदेश तेस्रो भयो । महिलाको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई २५–२१, २५–१२  २५–८ को सोझो सेटमा हरायो । लुम्बिनी प्रदेश तेस्रो भयो ।