• १३ साउन २०८१, आइतबार

यातायात महासंघ सिण्डिकेटको पक्षमा छैन : अध्यक्ष स्वाँर

blog

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर

काठमाडौं, वैशाख ४ गते । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नभएको बताउनुभएको छ । महासंघका अध्यक्ष स्वाँरले मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

अध्यक्ष स्वाँरले पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यमहरुले सर्वोच्च अदालतले सिण्डिकेट ब्युँताएको भन्ने भ्रम फैँल्याएको दाबी गर्नुभयो । उहाँले यातायात व्यवसायी महासंघ सिण्डिकेटको पक्षमा नभएर सुधार र प्रविधियुक्त सार्वजनिक यातायातको पक्षमा रहेको बताउनु भयो । स्वाँरले यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले दिएको सुझाव कार्यान्वयनमा सरकारले दिएको तीव्रतालाई स्वागत गर्ने बताउनु भयो ।

‘‘सरकारले यातायातका संघ र समिति खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले चैत २८ गते संघसंस्था र समितिलाई खारेज गर्न नमिल्ने गरेर निर्णय गरेको छ । यातायात सुधार आयोगको प्रतिवदेन सरकारलाई बुझाएपछि कार्यान्वयन गर्ने पक्षमा सरकार तीव्ररुपमा अघि बढेको पाएका छौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई प्रतिबन्ध फुकाउन सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।,’’ अध्यक्ष स्वाँरले भन्नुभयो, ‘‘यातायात व्यवसायी राष्ट्रिय महासंघसहित अन्य प्रतिनिधिहरु गएर गृहसचिवलाई पत्र बुझाएका छौं । सरकारले यी विषयलाई तत्काल यातायातमा भएको अन्योलतालाई चिर्दै व्यवस्थित नागरिक उन्मुख सार्वजनिक यातायात र प्रविधियुक्त बनाउनतिर अग्रसर हुनुपर्छ । प्रतिवेदनमा आधारित यातायात क्षेत्रका सरोकारवालाको लागि यातायात प्राधिकरण गठन गर्नुपर्छ ।’’

अध्यक्ष स्वाँरले कार्यदलले दिएको सुझावको आधारमा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई प्रतिबन्ध फुकाउन सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको बताउनु भयो । उहाँले यातायात व्यवसायी राष्ट्रिय महासंघसहित अन्य प्रतिनिधिहरु गएर गृह सचिवलाई पत्र बुझाएको बताउनु भयो ।

अध्यक्ष स्वाँरले सरकारले यातायातमा भएका अन्योलतालाई चिर्दै व्यवस्थित, नागरिक उन्मुख सार्वजनिक यातायात र प्रविधि युक्त बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले प्रतिवेदनमा आधारित यातायात क्षेत्रका सरोकारवालाका लागि यातायात प्राधिकरण गठन गर्नुको विकल्प नभएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘‘नेपाल यातायाता व्यवसायी महासंघ कुनैपनि यातायातमा सिण्डिकेटको पक्षमा छैन । नागरिक उन्मुख र लगानीकर्ताको लगानी र श्रमिकको सम्मान हुने गरेर सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न जरुरी छ । १० खर्बको लगानीलाई कसरी संरक्षण गर्नेमा ध्यान केन्द्रित छ । सिण्डिकेटको नाममा यातायात व्यवसायीहरुलाई उक्साउने हो भने क्षेत्र नै तहसनहस हुन्छ ।’’

उहाँले यातायाता व्यवसायी महासंघ कुनैपनि यातायातमा सिण्डिकेटभन्दा पनि नागरिक उन्मुख र लगानीकर्ताको लगानी र श्रमिकको सम्मान हुने गरेर सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले १० खर्बको लगानीलाई कसरी संरक्षण गर्नेमा ध्यान केन्द्रित रहेको बताउनु भयो ।