काठमाडौँ, वैशाख ४ गते । प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको वैशाख २२ देखि २५ सम्म हुने भएको छ । प्रतियोगितामा एक सय १९ पालिकाका ८० भन्दाबढी टोलीको सहभागिता रहने आयोजले जनाएको छ ।
प्रतियोगिताको विजेतालाई तीन लाख, उपविजेतालाई दुई लाख तथा सेमिफाइनमा पुग्ने टोलीलाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक समिति संयोजक डोल्मा माया गोलेले जानकारी दिनुभयो ।
विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपियाँ प्रदान गरिनेछ । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती प्रदेश खेलकुद परिषद् र नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहने छ ।