• ६ चैत २०८२, शुक्रबार

सभापति थापा अनुपस्थित कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

blog

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर, चैत ६ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो ।

बैठकमा सभापति गगनकुमार थापाले दिनुभएको राजीनामा र हालै सम्पन्न निर्वाचनको समीक्षाको विषयमा छलफल हुँदैछ । सहमहामन्त्री उदय शमशेर जबराका अनुसार बैठकमा दुई वटा लिखित प्रस्ताव पेश भएका हुन् । 


आजको बैठकमा सभापति थापा भने अनुपस्थित रहनुभएको छ। बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसिरहेको छ ।