अनिल पराजुली
हेटौँडा, वैशाख ३ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ रमौलीमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । सोमवार बिहान खेतमा पानी लगाउन जाँदा मनहरी–७ का ३२ वर्षीय रमेश बोटे गैँडाको आक्रमणबाट घाइते भएका हुन् ।
सोमबार बिहान साथीहरूसँग खेतमा पानी लगाउन जाँदा एक्कासि गैँडाले आक्रमण गरी घाइते बनाएको स्थानीय श्याम बोटले बताउनुभयो । गैँडाको आक्रमणबाट घाइते हुनुभएका बोटेको उपचारको लागी मनहरी अस्पतालमा ल्याएकोमा थप उपचारका लागि सरकारी अस्पताल भरतपुर चितवन रिफर गरिएको गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँको ढाड र अनुहारमा चोट लागेको छ ।
यसअघि पनि यहाँ जङ्गली जनावरले दुःख दिदै आएको छ । हात्तीको आक्रमणबाट एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको थियो ।