• १२ साउन २०८१, शनिबार

धादिङको खाल्टेमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

blog

दुर्घटनाग्रस्त ट्रक ।

मुरारी अधिकारी

धादिङ, वैशाख २ गते । धादिङको खाल्टेमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते छन् । घाइतेको अवस्था गम्भीर रहेको स्थानीयले जानकारी दिएका छन् । 

नीलकण्ठ नगरपालिका-५ खाल्टेको पतेनीबाट पतेनीबेसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना भएको हो । दुर्घटनामा केही मानवीय क्षति भएको बताइएपनि के कति क्षति भएको खुलेको छैन । 

दुर्घटनाको खबर पाए लगतै प्रहरी र एम्बुलेन्स घटनास्थलतर्फ जाँदै छ । स्थानीयले घाइतेहरूको उद्धार गरिरहेको सोही स्थानमा रहनुभएका नेपाल रेडक्रस सोसाइटीका मन्त्री नेमबादुर श्रेष्ठले जानकारी दिनुभयो ।