• १२ साउन २०८१, शनिबार

चट्याङ लागेर वृद्धा घाइते

blog

राममणि दाहाल

हेटौँडा, वैशाख ३ गते । हेटौँडा उपमहानगरपालिका –१३ पदमपोखरीस्थित चक्रीय विकास टोलमा चट्याङ लागेर एक वृद्धा घाइते हुनुभएको छ ।

आइतबार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा स्थानीय वर्ष ६६ की ठुलीमाया वाइबालाई चट्याङ लागी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टाउकोमा चोट लागेका वाइबालाई हटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

यसैबिच हेटाँैडा –१३ स्थित सिमपानी सिरानोटोलमा हावाहुरीले स्थानीयको घर गोठको छाना उडाएर क्षति गरेको छ । आइतबार दिउँसो आएको हावाहुरीले घर गोठको छाना उडाएर क्षति पु र्‍य ाए पनि मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार हावाहुरीका कारण हेटौँडा –१३ सिमपानी सिरानटोलका वर्ष ४५ की गोमा मोक्तानको घर लगाएको टायलको छानाको आधा भाग खसेर फुटेको, वर्ष ५७ की माया रुम्बाको घरको छानाको टायल उडाएर केही भाग क्षति भएको, वर्ष ४५ की रुमा मोक्तान एकतर्फको घरको टायल उडाएर क्षति पुगेको र वर्ष ६९ की पञ्चमाया मोक्तानको गोठ पूर्णरुपमा भत्किएको छ ।