• २० वैशाख २०८१, बिहिबार

गोरखापत्रकर्मी थापालाई पितृशोक

blog

स्वर्गीय कृष्णबहादुर थापा ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ५ गते । गोरखापत्रकर्मी कविता थापालाई पितृशोक परेको छ । ७३ वर्षीय बुवा कृष्णबहादुर थापाको गए राति १ः१५ बजे निधन भएको थियो । 

सूर्यविनायक –७, शिवाचोक निवासी थापा लामो समयदेखि मिर्गौला, दम र मुटुको विमार हुनुहुन्थ्यो । उहाँको राति उपचारकै क्रममा भक्तपुर अस्पतालमा निधन भएको उहाँको सुपुत्री कविता थापाले बताउनुभयो । 

स्वर्गीय थापाको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । मृतक थापाको अन्तिम संस्कार पशुपति आर्यघाटमा आज विहान सम्पन्न भएको सुपुत्री थापाले जानकारी दिनुभयो ।