• २१ वैशाख २०८१, शुक्रबार

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

blog

नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौँ, वैशाख ८ गते । नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक छ भन्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो “गत महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेकोे हो ।” अध्यक्ष ओलीको प्रस्तुति जारी छ । रासस