• १३ असोज २०८१, आइतबार

अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते

blog

दुर्घटना भएको अटो । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, वैशाख २१ गते ।
रुकुमपश्चिमको आठविसकोटमा अटोरिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । शुक्रबार बिहान आठबिसकोट नगरपालिका वडा नम्बर ९ स्थित खहरेपिपलमा रा१ह ४८०२ नम्बरको अटोरिक्सा दुर्घटना भएको हो ।

आठबिसकोट नगरपालिका १० को काफलचौरबाट वडा नम्बर ९ को राडी बजारतर्फ आउँदै गरेको अटोरिक्सा दुर्घटना हुँदा अटोमा सवार सात जना घाइते भएको आठबीसकोट नगरपालिका प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते सबैलाई आठबिसकोट नगर अस्पतालमा ल्याइएको छ ।

घाइते हुनेहरुमा अटो चालक आठबिसकोट नगरपालिका १० निवासी १९ वर्षीय दीपक खत्री, बाँफिकोट गाउँपालिका ७ का अन्दाजी ४९ वर्षीय नन्दराम पुन, ४२ वर्षीय मदन कुसारी, १८ वर्षीया करुणा कुसारी र उहाँका ११ महिनाको छोरा तेजविक्रम कुसारी हुनुहुन्छ । त्यसैगरी, आठबिसकोट नगरपालिका १२ निवासी १८ वर्षीया कल्पना बिक र उहाँकी एक वर्षीया छोरी दुर्घटनामा परेर घाइते हुनुभएको छ ।

घाइतेहरुमध्ये अटो चालक खत्री र बाँफिकोटका नन्दराम पुनको टाउको र खुट्टामा चोट लागेको छ । उहाँहरुको अहिले नगर अस्पतालमा उपचार भइरहेको छ । अन्य सबैको अवस्था सामान्य रहेको बताइएको छ । ब्रेक फेल भएका कारण दुर्घटना भएको बताइएको छ ।