औषधीमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
रुपन्देहीको सुनौलीबाट औषधीमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मङ्गलबार बिहान आगलागी भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।
हेटौँडामा ५२ फिट अग्लो हनुमान मूर्ति
मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति निकै कलात्मक र आकर्षक रहेको छ ।
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार यहाँ आउँदै हुनुहुन्छ ।
‘समस्या आउन नदिन बेलैमा आँखाको उपचार’
विद्यालय जाने उमेरका बालबालिकाको आँखा जाँच गराउन चिकित्सकको सुझाव छ । आँखा रोग विशेषज्ञ डा.सञ्जीव भट्टराईले विद्यालय जाने उमेरका बालबालिकाको विद्यालय जानुभन्दा पहिले आँखा जाँच गराउन आग्रह गर्नुभयो ।
जनताको जीवनमा परिवर्तन भएन : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवस २०८१ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको उहाँले चर्चा गर्नुभएको छ ।
म्याग्नेसाइट उद्योग पुनः सञ्चालनको आशा
दोलखाको भीमेश्वर नगरपालिका–९ स्थित खरीढुङ्गास्थित ८० बर्से राष्ट्रिय गौरवको नेपाल ओरियन्ट म्याग्नेसाइट कम्पनी पुनः सञ्चालन गर्न अस्ट्रियाली लगानीकर्ताले चासो देखाएका छन् ।
निर्माण अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन सहित २९ कम्पनी कालो सूचीमा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रालि लगायत २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ ।
नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।
धोविखोला करिडोरमा फुलेका रङ्गीचङ्गी फूल
काठमाडौँको रातोपुल आसपास धोविखोला करिडोरमा वसन्त ऋतुमा फुलेका रङ्गीचङ्गी फूल ।
तस्विरमा बालाजु बाइसधारा मेला
स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा [ल्हुति पुन्हि] मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।
आज लोकतन्त्र दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी नेपाल भर मनाइँदै छ । आजको दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।
तिमाल जात्रा सुरु, बालाजुमा मेलाको तयारी
बालाजुको बाइसधारामा लाग्ने पाँचदिने (ल्हुति पुन्हि) मेला मङ्गलबारबाट सुरु हुँदै छ । चैत शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जनाइएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिका अनुसार मेलामा आउने तीर्थालु तथा भक्तजनको सुविधालाई ध्यानमा राखेर २२ वटै धारामा पानी आउने व्यवस्था मिलाइएको छ । त्यस दिन सो क्षेत्रमा नेवार समुदायको जात्रासमेत लाग्ने गरेको छ । उक्त जात्रामा तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका र काठमाडौँ महानगरपालिका वडा नं. १६ को पाँच वटा
‘उपलब्धिको समीक्षा गर्दै अघि बढ्नु पर्छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको मूर्त तथा अमूर्त सम्पदाको विकासमा प्राप्त गरेका उपलब्धिको समीक्षा गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । मन्त्री तामाङले गीत/सङ्गीत, नाटक र नृत्य विधाको उन्नतिका लागि प्रतिष्ठानले पाएका जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा पनि सजग हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री तामाङले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १४ औँ वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सो धारणा व्यक्त गर्नुभएको हो ।
सञ्चय कोषद्वारा मुनाफा वितरण
कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई मुनाफा वितरण गरेको छ । कोष सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने निर्णय गरेको हो । कोषले सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई आव २०७९/८० को व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा १.१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाका रूपमा वितरण गरेको हो । निर्णय भएसँगै सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्ताको खातामा सो रकम जम्मा गरिएको कोषले जनाएको छ ।
सौराहामा रात्रिकालीन सेवा नदिन आग्रह
काठमाडौँको ठमेल र पोखराको लेकसाइडमा रात्रिकालीन सेवा खुला गर्ने निर्णय गरिएसँगै देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पनि चौबिसै घण्टा खुला गर्ने विषयमा चर्चा सुरु भएको छ । तर, व्यवसायी तथा चरा संरक्षणविज्ञले रात्रिकालीन पर्यटन सेवाले वन्यजन्तुको वासस्थान र जैविक विविधता संरक्षणमा असर पर्ने बताउँछन् । काठमाडौँ र पोखराको तुलनामा सौराहाको पर्यटनको अवस्था फरक भएकाले जङ्गल सफारी र जैविक विविधता अवलोकन गर्न आउने पर्यटकले शान्त वातावरणमा बस्न रुचाउने उहाँहरूको अनुभव छ ।
स्टार्टअप उद्यम कर्जाका लागि ३९४ परियोजना छनोट
स्टार्टअप उद्यम कर्जाका लागि पहिलो चरणमा ३९४ परियोजना छनोटमा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले पहिलो चरणमा ३९४ परियोजना छनोट गरेको हो । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० बमोजिम प्रतिष्ठानले गत माघ १९ गते प्रस्ताव आह्वान गरेका प्रस्तावमध्ये योग्य प्रस्तावको सूचीमा परेको परियोजनाको नाम सार्वजनिक गरिएको हो । स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ६५८ वटा आवेदन परेका थिए । मूल्याङ्कन समितिले अध्ययनबाट गरेर ३९४ परियोजना छनोटमा परेका हुन् । पहिलो चरणमा परेका प्रस्तावकले व्यावसायिक प्रस्तावको पेस गर्नुपर्ने छ । प्रस्तावकले व्यापारिक प्रस्तुतीकरण गर्दा संलग्नबमोजिम ढाँचामा केन्द्रित भई प्रस्तुतीकरण गर्नुपर्ने छ ।
कतारी अमिरको भ्रमणमा युवा तथा खेलकुद र शिक्षा क्षेत्रका समझदारीपत्रमा हस्ताक्षर हुने
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । दुई दिने भ्रमणका क्रममा उहाँ मङ्गलबार अपराह्न काठमाडौँ आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
लगानी सम्मेलन लक्षित अध्यादेश सिफारिस
लगानी सम्मेलन लक्षित गरी सरकारले अध्यादेशमार्फत नौ वटा कानुन संशोधनका लागि अध्यादेश ल्याउने भएको छ । लगानी सहजीकरणका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मन्त्रीपरिषद्को सोमबारको बैठकले पारित गरी राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
निषेध गरिएका कारण म बैठकमा गइनँ : डा. रावल
नेकपा (एमाले) नेता डा. भीम रावलले भर्खरै सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आफूलाई निषेध गरेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरू नेपाल आउने हुनुभएको छ ।
शिक्षामा रूपान्तरणका लागि साताव्यापी अभियान
शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रूपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न अभियान सञ्चालन गर्ने भएको छ ।
मदनको हत्यारा पत्ता लगाऔँ : सभापति देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन आवश्यक रहेको बताउनुहुँदै त्यसका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।
‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको छ।
पर्खालमा कोरिएका चित्र : सन्देशसँगै सौन्दर्य
काठमाडौँ महानगरका विभिन्न ठाउँका पर्खाल तथा भित्ताहरू अचेल सन्देशमूलक चित्रकलाले सजिएको छ । बाटोका यात्रु तथा सर्वसाधारण ती चित्रकला हेरेर तथा फोटो खिचेर रमाउने रमाउने गरेका छन् ।