• १ जेठ २०८२, बिहिबार

जनताको जीवनमा परिवर्तन भएन : सभामुख घिमिरे

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ११ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवस २०८१ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको उहाँले चर्चा गर्नुभएको छ । 

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासका लागि आधार प्रदान गर्छ । यसलाई सार्वजनिक नीति, योजना र कार्यक्रम तिनको कार्यान्वयनमा उतार्नु जरुरी छ । नेपालको लोकतन्त्रको रक्षा र प्रवर्धनमा नेपालको संसदले विगतदेखि उल्लेखनीय भूमिका निर्वाह गर्दैआएको छ ।”

लोकतन्त्रभन्दा अर्को राम्रो शासन व्यवस्था हुन नसक्ने चर्चा गर्नुहुँदै सभामुख घिमिरेले सबै राजनीतिक शक्तिलाई विकास र समृद्धिमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।