अध्यक्ष ओलीद्वारा नेकपा स्थापनाको हीरक महोत्सव उद्घाटन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव प्रारम्भ भएको छ ।
‘कतारका अमिरको भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्छ’
पूर्वमन्त्री एवं परराष्ट्र मामिलाका जानकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले अधिकतम लाभ लिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ ।
मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।
माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी
नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ ।
सुनकोशी-मरिण डाइभर्सन सुरुङमार्गकाे ‘ब्रेक थ्रु' वैशाख २६ गते
राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
सर्वोच्चमा सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिटमा सुनुवाइ हुँदै
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार सुनुवाइ हुँदैछ ।
एआइजी राईलाई निमित्त आइजीको जिम्मा
एआइजी राईलाई प्रहरी महानिरीक्षकको जिम्मा दिइएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गर्नुभएपछि राईलाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिएको हो ।
‘कम्युनिष्ट पार्टी स्थापनामा कर्माचार्यको भूमिका अतुलनीय’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।
पासाङ ल्हामुको ३१ औँ स्मृति कार्यक्रम सम्पन्न
पहिलो सगरमाथा आरोही नेपाली महिला एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको स्मृति कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा आरोहण गरी प्रतिष्ठा कायम गरेको दिन आज वैशाख १० गते पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
नेकपा एमाले स्थापनाको अवसरमा मन्त्री थपलियाद्वारा शुभकामना
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पूरा भएको खुसियालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
दुई महिनादेखि दन्किएको छ वन
चितवनका वनमा विगत दुई महिनादेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । फागुन महिनादेखि चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वन, राष्ट्रिय वनलगायतका स्थानमा डढेलो लागेको हो । जिल्लाका धेरै स्थानमा कतै न कतै डढेलो लागेको डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी देवी पौडेलले बताउनुभयो ।
बढ्दो आगलागी घटना: पाँचको मृत्यु, साढे ११ करोड क्षति
गर्मीयाम सुरु भएसँगै आगलागीसहित डढलोसहितको घटना बढेको छ । आगलागीका कारण नौ दिनमै देशभर साढे ११ करोड बराबरको क्षति भएको छ । पाँच जनाको मृत्यु भएको छ ।
बागमती विश्वविद्यालयको विधान तयार
प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको तयारी गरिरहेको बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालयको विधान तयार गरेको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै प्रदेशले विश्वविद्यालय स्थापना गर्न पाउने अधिकारलाई प्रयोग गर्दै बागमती प्रदेश सरकारले लामो प्रयासपछि विश्वविद्यालयको विधान तयार गरेको हो ।
महालक्ष्मी दोभान–चखेल–मातातीर्थ सडक वैशाखभर बन्द
हेटौँडा–काठमाडौँ छोटी दूरीको मार्गहरुमध्येको एक हेटौँडा–कुलेखानी–महालक्ष्मी दोभान–घट्टेखोला–चरखेल–मातातीर्थ सडक वैशाख महिनाभरका लागि बन्द हुने भएको छ ।
प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गर्नुभएको छ । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उहाँ गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली
हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वामपन्थी र प्रगतिशीत शक्तिबिच सहकार्यका साथ समृद्धिको लक्ष्यमा अग्रसर : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी देशभक्त तथा प्रगतिशील शक्तिहरुबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताउनुभएको छ ।
नेपाल ओरियन्ड म्याग्नेसाइट पुनः सञ्चालनमा अस्ट्रियाली लगानी कर्ताले चासो
दोलखको भीमेश्वर नगरपालिका–९ स्थित खरिढुङगामा सञ्चालनमा आएको ८० वर्षे राष्ट्रिय गौरवको आयोजना नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनःसञ्चालनमा अस्ट्रियाली लगानी कर्ताले चासो देखाएको छ ।
निगमको न्यारोबडी जहाज आज आउने
नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार (आज) काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सो जानकारी दिनुभयो । उहाँका अनुसार इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज (नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी) सोमबार काठमाडौँ आइपुग्ने छ । “न्यारोबडी जहाज ग्राउन्डेड भएको विषय मेरो जानकारीमा थियो । इन्जिन मर्मतका लागि जहाज इजरायल पठाउँदा निगमलाई दैनिक घाटा बढ्दै गएपछि मैले तत्काल इन्जिन बनाएर ल्याउन ताकेता गरेको थिएँ । जहाज मर्मत भएर आएपछि समस्या समाधान हुने विश्वास लिएको छु,” उहाँले भन्नुभयो । विभिन्न प्राविधिक समस्याका कारण जहाज समयमा मर्मत भएर आउन नसकेको भन्दै उहाँले इजरायलको कम्पनीले समयमा जहाजको इन्जिन मर्मत गर्न नसकेकाले तत्काल क्षतिपूर्ति माग दाबी गरिने जानकारी दिनुभयो ।
थाप्राङ–तिपाङ जोड्ने पुल निर्माण
चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्ग पुल निर्माण सम्पन्न भएको छ । सो पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ ।
महासंघको संस्थापक टुङ्गो लगाउन संवाद
नेपाल पत्रकार महासङ्घको संस्थापक विषयमा टुङ्गो लगाउन माग गर्दै संवाद कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिले आज यहाँ स्थापना दिवसको अवसरमा संवाद कार्यक्रम आयोजना गरेको हो ।
सत्ता सहकार्यलाई कमजोर पार्ने काम नगर्न एमालेको आग्रह
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै काम नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गर्ने नियन्त्रणमा
विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको छ ।
वेस्ट प्वाइन्टलाई ब्राइट फ्युचर कप फुटसल उपाधि
तेस्रो ब्राइट फ्युचर कप फुटसल प्रतियोगिताको उपाधि वेस्ट प्वाइन्टले जितेको छ । नैकापस्थित आयोजक कोर्टमा आइतबार भएको फाइनल खेलमा वेस्ट प्वाइन्टले जेसिस इन्टरनेसनल स्कुललाई ३–० गोलले हरायो ।