• १४ असार २०८१, शुक्रबार

पासाङ ल्हामुको ३१ औँ स्मृति कार्यक्रम सम्पन्न

blog

३१ औँ पासाङ ल्हामु प्रतिष्ठान दिवसको अवसरमा चाबहिल चुच्चेपाटीस्थित राष्ट्रिय विभूतिको प्रतिमामा माल्यार्पण र बौद्ध धर्मअनुसार पूजा गरेर कार्यक्रम मनाउँदै । तस्बिर: केशव गुरुङ

काठमाडौँ, वैशाख १० गते । पहिलो सगरमाथा आरोही नेपाली महिला एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको स्मृति कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा आरोहण गरी प्रतिष्ठा कायम गरेको दिन आज वैशाख १० गते पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । 

३१ औँ पासाङ ल्हामु प्रतिष्ठा दिवसको अवसरमा चावाहिल चुच्चेपाटीस्थित राष्ट्रिय विभूतिको प्रतिमामा माल्यार्पण र बौद्ध धर्मअनुसार पूजा गरेर स्मृति कार्यक्रम सम्पन्न गरिएको प्रतिष्ठानका सदस्य फूर्वा तेन्जिङ शेर्पाले जानकारी दिनुभयो । स्मृति दिवसको अवसरमा वैशाख ८ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको र वैशाख १२ गते चाबहिलको केएल टावर र सिभिल मलको फिल्म हलबाट उहाँको जीवनीमा आधारित फिल्म निःशुल्क रूपमा प्रदर्शन गर्ने जनाएको छ । 

विसं. २०५० वैशाख १० गते शेर्पाले नेपाली झन्डा संसारकै अग्लो चुचुरो सगरमाथामा पुर्‍याउन सफल हुनुभएको थियो । चुचुरोबाट फर्कने क्रममा उहाँको निधन भएको थियो ।