• १२ असोज २०८१, शनिबार

एआइजी राईलाई निमित्त आइजीको जिम्मा

blog

काठमाडौँ, वैशाख १० गते । एआइजी राईलाई प्रहरी महानिरीक्षकको जिम्मा दिइएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गर्नुभएपछि राईलाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिएको हो । 

नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँ नेपालका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन जानुभएको हो । 

कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुहुनेछ । 

हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यस वर्ष वैशाख ११ देखि १३ गते सम्म हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।