• २२ वैशाख २०८१, शनिबार

हिउँ पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृहको आग्रह

blog

काठमाडौं, वैशाख ९ गते । हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् ।

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । “बाढीले क्षति गर्ने सम्भावना हुन्छ । बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौँ”, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो । 

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । रासस

यो पनि पढ्नुहोस