• २४ वैशाख २०८१, सोमबार

नयाँ विधेयक राष्ट्रिय सभामा दर्ता गर्नुपर्छ : उपाध्यक्ष घिमिरे

blog

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे

काठमाडौं, वैशाख ९ गते । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता गर्नुपर्ने बताउनुभएको छ । आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्नुहुँदै उपाध्यक्ष घिमिरेले आगामी दिनमा आउने नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता गरेर अगाडी बढाउनुपर्ने बताउनुभएको हो ।

उहाँले नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता गरेर दुवैतिर छलफल गर्न सकेमा विधेयकहरू छिटो पारित हुने सम्भावना हुने बताउनु भयो । उहाँले संविधानले व्यवस्था गरेको मौलिक हक कार्यान्वयनसँग सम्बन्धित धेरै विधेयकहरू प्रतिनिधि सभामा थुप्रिँदा राष्ट्रिय सभाले बिजनेस नपाउने स्थिति आउनु नहुने जिकिर गर्नुभयो । उहाँले राष्ट्रिय सभालाई बिजनेसविहीन बनाउनु नहुनेमा सरकारलाई सचेत समेत गराउनु भयो ।

उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभामा दर्ता भएका विधेयकहरू सहज रूपले अगाडी बढेका र पारित भइरहेका पनि बताउनुभयो ।