अनिल पराजुली
हेटौँडा, वैशाख ९ गते । मकवानपुरको बकैया गाउँपालिका वडा नं.६ मा शनिवार दिउँसो पौडी खेल्ने क्रममा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका ६ टिकुले टोल बस्ने ६ वर्षीय सन्दीप स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बकैया खोलाको पानीमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका सन्दीपको उपचारको क्रममा सामुदायिक प्रसूति गृह अस्पताल निजगढ बारामा दिउँसै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मृतकको शव पोष्टमाटमका लागि सामुदायिक प्रसूति गृह अस्पताल निजगढ बारामा राखिएको प्रहरीले जानकारी दिएको छ ।