• २४ वैशाख २०८१, सोमबार

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

blog

काठमाडौँ, वैशाख १४ गते । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक शुक्रबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो । जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ ।