• २३ वैशाख २०८१, आइतबार

धुलिखेलमा ट्रक दुर्घटना : पाँच जना घाइते

blog

दुर्घटनाग्रस्त ट्रक ।

केदार तिमल्सिना 

बनेपा, वैशाख १३ गते। बिपी राजमार्ग अन्तर्गतको धुलिखेल नगरपालिका–७ मा निशान ट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

बिहीबार बिपी राजमार्ग अन्तर्गत धुलिखेल बेइजिङ प्लान्ट नजिक नमोबुद्दबाट बनेपातर्फ आउँदै गरेको  बा ३ क २९३ नम्बरको महेन्द्र निशान ट्रक अनियन्त्रि भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

दुर्घटनामा नमोबुद्द नगरपालिका– ६ खाक्सी बस्ने वर्ष ५६ को इन्द्रबहादुर तामाङ, स्थानीय  ६३ वर्षका  गङ्गाबहादुर तामाङ,  ५० वर्षका सूर्य लामा, सूर्यकी श्रीमती ४३ वर्षीया मिच्याउ तामाङ र स्थानीय ६५ वर्षीय पञ्चलाल तामाङ घाइते हुनुभएको छ।

घाइतेको टाउको, हात, खुट्टालगायत शरीरको बिभिन्न भागमा चोट लागेको छ।उहाँहरुको स्वास्थ अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।सबै घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।