• ५ जेठ २०८१, शनिबार

वेस्ट इन्डिजविरुद्ध सिरिजको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

blog

रनका लागि संघर्ष गर्दै नेपालका अनिल शाह । तस्बिर : क्यान

काठमाडौँ, वैशाख २२ गते । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा जितका लागि एक सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यससँगै सिरिज वेस्ट इन्डिजले ३–२ ले जितेको छ । 

नेपालका लागि अनिल शाहले ५८ र आशिफ शेखले ५१ रनको अर्धशतकीय पाली खेल्नुभयो । कुशल मल्लले अविजित ३७ र कुशल भुर्तेलले १३ रन बनाउनुभयो ।


बलिमा वेस्ट इन्डिजका ओवेड म्याक्वेले तीन तथा म्याथ्यु फर्डले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो । 

वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जे अविजित ४२ रन बनाउनुभयो । यस्तै कप्तान रोस्टन चेजले ३३, जोनसन चार्ल्सले २४,  म्याथ्यु फर्डले २३ तथा कादिम अलीने र मार्क डेयलले समान ११ रन बनाउनुभयो । बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले तीन तीन विकेट लिनुभयो । अविनाश बोहराले एक विकेट झार्नुभयो । पाँच खेलको सिरिजमा यसअघिनै वेस्ट इन्डिज ‘ए’ ३–१ ले जितिसकेको थियो ।

यो पनि पढ्नुहोस

वेस्ट इन्डिजविरुद्ध आशिफ शेख र अनिल शाहको अर्धशतक

नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १७३ रनको लक्ष्य