• ५ जेठ २०८१, शनिबार

वेस्ट इन्डिजविरुद्ध आशिफ शेख र अनिल शाहको अर्धशतक

blog

वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्नुहुँदै अनिल शाह । तस्बिर : क्यान

काठमाडौँ, शनिबार २१ गते ।  वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालका आशिफ शेख र अनिल शाहले अर्धशतक बनाउनुभएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य पछ्याउनेक्रममा ओपनर शेख र दोस्रोक्रमका ब्याट्सम्यान शाहले अर्धशतक पूरा गर्नुभएको हो । 

आशिफले ३५ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ५१ रन बनाउनुभएको हो । त्यसैगरी अनिल शाहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५८ रन बनाउनुभएको हो । अहिले क्रिजमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । नेपालले तीन विकेटको क्षतिमा १४८ रन बनाएको छ ।