• ९ जेठ २०८१, बुधबार

नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १७३ रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख २२ गते । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा जितका लागि नेपालले एक सय ७३ रनको लक्ष्य पाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७२ रन बनायो ।

वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जे अविजित ४२ रन बनाउनुभयो । यस्तै कप्तान रोस्टन चेजले ३३, जोनसन चार्ल्सले २४,  म्याथ्यु फर्डले २३ तथा कादिम अलीने र मार्क डेयलले समान ११ रन बनाउनुभयो बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले तीन तीन विकेट लिनुभयो । अविनाश बोहराले एक विकेट झार्नुभयो ।

पाँच खेलको सिरिजमा यसअघिनै वेस्ट इन्डिज ‘ए’ ३–१ ले जितिसकेको छ । नेपाल आज अन्तिम खेलमा जित निकाल्दै सिरिजमा ३–२ को नतिजा निकाल्दै आइसिसी टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा छ । यता  वेस्ट इन्डिज ‘ए’ पनि अन्तिम खेल जितेर नेपाल भ्रमण थप सुखद बनाउने लक्ष्यमा छ ।

नेपाल पहिला खेलमा चार विकेटले विजयी भएको थियो । त्यसपछि दोस्रो खेल वेस्ट इन्डिजले १० रन, तेस्रो खेल ७६ रन र चौथो खेल २८ रनले जितेको थियो । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो ।