• ५ जेठ २०८१, शनिबार

मालपोत कार्यालय स्टोरमा आगलागी

blog

मालपोत कार्यालयको स्टोरमा आगलागीबाट क्षति भएको सामान । तस्विरः नवीन सुवेदी

नवीन सुवेदी

सुुर्खेत, वैशाख २२ गते । सुर्खेतको मालपोत कार्यालयको पुरानो स्टोरमा आगलागी भएको छ । वीरेन्द्रनगर –७ मा रहेको उक्त कार्यालयमा शनिवार दिउँसो आगलागी भएको हो । 

कार्यालयको स्टोर कोठामा आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।  

विश्वकर्माको अनुसार आगलागी हुने बित्तिकै थाहा पाएपछि दमकलको सहायताले आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट स्टोर कोठामा रहेका पुराना जिन्सी सामग्रीमा क्षति पुगेको छ । स्टोरमा रहेको दराज २ थान, एक मोटसाइकल, दुई जेनेरेटर, कुर्सी १० वटा, टेवुल एक, सिपियू पुरानो ६ वटा र एक दर्जन प्लास्टिक कुर्सी जलेको छ । आगो समयमै नियन्त्रणमा लिएकाले कार्यालयका अन्य कोठामा थप क्षति हुन नपाएको बताइएको छ ।