• १२ पुस २०८१, शुक्रबार

ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, मङ्सिर १० गते । पूर्व-पश्चिम राजमार्गको पथरीशनिश्चरे १ मा सोमबार साँझ ७ बजे भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडि ५५११ नम्बरको भारतीय गाडीले प्रदेश १-००२-०४०प ६०२५ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगर पालिका  ११ का टार्जन राईलाई ठक्कर दिँदा राईको घटनास्थलमै मृत्युु भएको हो ।

भारतीय ट्रक र ट्रकका चालक ४२ वर्षीय दिनेशकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राईको शव पोष्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाइएको छ ।

पूर्वपश्चिम राजमार्ग बिस्तारका क्रममा दुबैतर्फ काम भइरहेको छ । सडक साँघुरो भएका कारण पछिल्लो एक साता यता उर्लाबारी पथरी सडक खण्डमा आठ जनाको सडक दुर्घटनामा मृत्युु भइसकेको छ ।