• ५ जेठ २०८१, शनिबार

टी–२० विश्वकपका लागि वेस्ट इन्डिज टोलीको घोषणा

blog

काठमाडौँ, वैशाख २२ गते । आइसिसी टी–२० विश्वकपका लागि वेस्ट इन्डिज टोलीको घोषण भएको छ ।

वेस्ट इन्डिजले नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ का तीन खेलाडीलाई समेट्दै शुक्रबार राति १५ सदस्यीय टोलीको घोषण गरेको हो । टोलीमा नेपाल भ्रमणमा रहेका कप्तान रोस्टन चेज, जोन्सन चार्ल्स र गुडकेश मोती रहनुभएको छ ।

विश्वकपमा वेस्ट इन्डिज समूह ‘सी’ मा रहेको छ । समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेको छ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज विश्वकप सहआयोजक देश हो ।

वेस्ट इन्डिज विश्वकप टोली

रोभमन पावेल (कप्तान), अल्जारी जोसेफ (उपकप्तान), जोन्सन चार्ल्स, सिमरन हेटमायर, जेसन होल्डर, साई होप, अकिल होसेन, शमार जोसेफ, ब्रान्डन किंग, गुडकेश मोति, निकोलास पुरन, आन्द्रे रसेल, रोमारियो शेफर्ड र शरफेन रदरफोर्ड ।