• २४ वैशाख २०८१, सोमबार

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै

blog

काठमाडौँ, वैशाख १४ गते । कक्षा १२ को परीक्षा आज (शुक्रबार)देखि देशभर एकैसाथ सुरु हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएको जानकारी दिनुभयो ।

यस वर्ष कक्षा  १२ को परीक्षमा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुँदैछन् ।

नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको उहाँको भनाइ छ ।

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा छन् । जहाँ  १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ/मुस्ताङमा एक–एक परीक्षा केन्द्र रहेको बोर्डका सदस्य सचिव अर्यालले बताउनुभयो ।