मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभयो ।
व्यवस्थित भन्दै गरिने अव्यवस्थित काम (फोटो फिचर)
काठमाडौँ उपत्यका अव्यवस्थित रूपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप छ । व्यवस्थित बसोबास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ ।
रातो मच्छिन्द्रनाथ जात्राको तयारी (फोटो फिचर)
उपत्यकामा सबैभन्दा लामो समय चल्ने करुणामय बुगंद्यः (रातो मच्छिन्द्रनाथ) को जात्राको तयारी तीव्र रूपमा भइरहेको छ ।
भ्यान दुर्घटनामा छ यात्रु घाइते
बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका–११ पात्लेखेतमा इलेक्ट्रिक भ्यान दुर्घटना हुँदा छ यात्रु घाइते भएका छन् ।
पत्रकार महासङ्घको पारित निर्णयको फोनिजद्वारा स्वागत
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल पत्रकार महासङ्घ (एफएनजे) को २७ औँ महाधिवेशनबाट पारित संस्थापक अध्यक्षको निर्णयलाई स्वागत गरेको छ ।
त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने
नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो ।
स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ ।
सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।
कृषिमा ‘अटोफर्टिगेशन’ प्रविधिको प्रयोग
कृषिमा प्रयोग भएका प्रविधिको प्रदर्शनमार्फत किसानलाई प्रविधितर्फ आकर्षित गरी कृषि तथा सिँचाइमा लाग्ने लागत न्यूनीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कृषिमा स्वचालित सेन्सरमा आधारित मलखादसहितको थोपा सिँचाइ (अटोफर्टिगेशन) कार्यक्रम अघि बढाइएको छ ।
बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्र
‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ ।
‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा
‘आमसञ्चारको परिचय’ पुस्तक सार्वजनिक गरिएको छ । शन्तराम बिडारी र उपेन्द्र खड्काले लेख्नुभएको उक्त पुस्तक भूँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।
सङ्घीयतापछि विकासमा क्रान्ति आएको छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देश सङ्घीयतामा गएपछि विकासमा क्रान्ति आएको बताउनुभएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा क्षति आङ्कलन र स्थायी आवास लाभग्राही पहिचान गरिने
सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आङ्कलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढाएको छ ।
सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवद्वारा मधुमेह नियन्त्रणमा जोड
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले केही वर्षयता सर्ने रोगको तुलनामा नसर्ने रोगका कारण धेरै मानिस मृत्युवरण गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गर्दै मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट पनि मृत्यु हुनेको सङ्ख्या उच्च रहेको बताउनुभएको छ ।
स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तक लागू हुने
आफ्नो क्षेत्रको भौगोलिक अवस्था, बसोबास गर्ने जातजाति, उनीहरूको भाषा, धर्म, संस्कृति, चाडपर्व, आर्थिक, सामाजिक र राजनीतिक अवस्था, ऐतिहासिक महत्त्वलगायतका विषयवस्तु समेटेर हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ ।
खुकुरी प्रहारबाट युवक घाइते
मकवानपुरको हेटौँडा–१० बसपार्कमा शनिबार बिहान खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नं.३ बसामाडी घर भई हाल हेटौँडा–११ थानाभर्याङ डेरा गरी बस्ने २० वर्षीय समीर थिङ र १८ वर्षीय पञ्च बहादुर तामाङले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने १९ वर्षीय आयुष कुँवरमाथि खुकुरी प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताउनुभएको छ ।
बजेट अभावमा पनि तटबन्ध जारी
बजेट अभावको बिच नारायणी नदी नियन्त्रणका लागि तटबन्धको काम भइरहेको छ । नारायणी नदी व्यवस्थापन कार्यालयका प्रमुख मनोहरकुमार साहले चालु आर्थिक वर्ष २०८०/८१ मा बजेट निकासामा समस्या हुँदै
भोलीदेखि काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने
काठमाडौँका विभिन्न स्थानमा भोलीबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो ।
प्रविधिमैत्री सेवा विस्तार गर्न सुझाव
ललितपुर महानगरपालिकाका स्थानीयले महानगरपालिकाको विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका छन् । अहिले महानगरपालिकाले गरेको काम अझै पर्याप्त नभएको भन्दै स्थानीयले महानगरको सेवालाई थप गुणस्तर र प्रविधिमैत्री बनाउन सुझाव प्रदान गरेका हुन् । ललितपुर महानगरपालिकाले शुक्रबार गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा महानगरवासीले महानगरपालिकाको कामलाई सेवाग्राहीमैत्री बनाउन विभिन्न प्रश्नसहित सुझाव प्रदान गरेका हुन् ।
आगलागीपीडितलाई राहत दिने सरकारको तयारी
सरकारले आगलागीपीडितलाई राहत दिने तयारी गरेको छ । सरकारले तत्काल उपलब्ध गराउनुपर्ने राहत र अस्थायी आवासका लागि गरेर दुईथरीको राहत वितरण गर्ने तयारी गरेको हो। राष्ट्रिय सभाको सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले पीडितलाई तत्काल १५ हजारदेखि २० हजार रुपियाँ र पूर्ण रूपमा आवासमा क्षति भएकालाई अस्थायी आवास बनाउन ५० हजार रुपियाँ दिने प्रस्ताव मन्त्रीपरिषद्मा पुगेको जानकारी दिनुभयो । उहाँले अस्थायी आवास बनाउन कार्यविधि र नियमावली संशोधन आवश्यक हुने बताउनुभयो ।
‘रोनाल्डो’ ३३ सन्तानको बाबु !
चितवनको खोरसोर सौराहामा जोखिम मोलेरै हात्ती प्रजनन गराउने गरिएको छ । यो नेपालको एक मात्र हात्ती प्रजनन केन्द्र हो । घरपालुवा मत्ता (भाले हात्ती) नहुँदा जङ्गली मत्ताको भर पर्दा जोखिम भएको हो । केन्द्रका प्रमुख मनिपुरन चौधरी जङ्गली हात्ती त्यसै पनि जोखिम हुने भन्दै झन् सहवासका बेला मत्ता मात्तिने भएका कारण अझ बढी जोखिम हुने बताउनुभयो । “जङ्गली हात्तीसँग त जोगिनै प¥यो नि । सामान्य त्रुटि भयो भने ज्यानै जान सक्छ,” उहाँले भन्नुभयो ।