युवा सम्मेलन हुने
बागमती प्रदेशका युवालाई सशक्तीकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्य सहित हेटौँडामा आयोजना हुने प्रदेश युवा सम्मेलनको तयारी तीव्र पारिएको छ ।
‘विपद् व्यवस्थापनमा स्थानीय तहबिच सहकार्य जरुरी छ’
ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद् व्यवस्थापन र प्रतिकार्य योजनामा सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
अनसनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकारबीच भएको सम्झौताको कार्यान्वयन गर्न आग्रह गरेको छ ।
खुलामञ्चमा आकाशे पानी पुनः भरण हुने गरी काम गरिँदै
काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ ।
कृषिमा वितरण गरिएको अनुदान प्रभावकारी भएन : समावेशी आयोग
राष्ट्रिय समावेशी आयोगले सरकारले कृषि क्षेत्रका लागि उपलब्ध गराएको अनुदान प्रभावकारी नभएको बताएको छ । आयोगले गरेको अध्ययनमा कृषि क्षेत्रमा प्रभावकारीरुपमा अनुदान प्रवाह नभएको देखिएको आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताउनुभयो ।
नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक सेवा सुरु
राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिकरुपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रिता पोखरेलले आजबाट औपचारिकरुपमा सेवा सुरु भएको जानकारी दिनुभयो ।
बोलेरो दुर्घटनामा तीन जना घाइते
रामेछाप मन्थली नगरपालिका-६ सेलेघाटमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको बोलेरो दुर्घटना भएको छ । मन्थली नगरपालिका–६ भलुवाजोरस्थित सेलेघाटबाट खुर्काेटतर्फ जाँदै गरेको बा १८ च ६१४७ नम्बरको बोलेरो सोमबार दिउँसो दुर्घटना भएको हो ।
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहनुभएको नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ ।
वार्षिकोत्सवमा पत्रकार तथा कर्मचारी सम्मानित
गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न पत्रकार तथा कर्मचारी सम्मानित हुनुभएको छ ।
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो ।
कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा पक्राउ
वैदेशिक रोजगारका लागि कुवेत पठाइदिने भन्दै मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
साइकल यात्राबाटै विश्व पहिचान
दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीका पुष्कर शाहले साइकलमार्फत ११ वर्षमा दुई लाख २१ हजार किलोमिटर दुरी पार गरी १५५ देश घुम्नुभयो । यस कार्यका लागि एक करोड ७० लाख रुपियाँ खर्च भयो । उहाँले राज्यको एक पैसा पनि खर्च गर्नुभएन । विश्व साइकल यात्री शाहले विदेश जाने अनेक अवसर त्याग्नुभयो । नेपालको झन्डा फहराउँदै संसार चहार्नुभयो तर पलायनको बाटो रोज्नुभएन । जन्मभूमिको माया गरेर स्वदेश नै फर्कनुभयो ।
अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।
कुलेखानी जलाशयमा पानी मौज्दात घट्यो
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको पानी विद्युत् उत्पादनमा गत वर्षको यही समयको तुलनामा यो वर्ष कम पानी प्रयोग भएको छ । रन अफ रिभरमा आधारित नेपालका जलविद्युत् आयोजनाको नदी, खोलाको पानी सतह घट्दै जाँदा जलाशाययुक्त आयोजना कुलेखानी जलविद्युत् आयोजनाको तीनै वटै जलविद्युत् केन्द्र पूर्ण क्षमता चल्दै आएको हो ।
नेपाल–जापान सम्बन्ध अब बहुपक्षीय आयाममा
नेपाल–जापान सम्बन्ध बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको छ । ६८ वर्ष लामो द्विपक्षीय सहयात्रा आपसी हित, विकास साझेदारी, जनसम्बन्धको आयाममा केन्द्रित रहेकोमा अब बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको हो । जापानका विदेशमन्त्री कामिकावा योकोको आइतबार भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्धलाई बहुपक्षीयताको मार्गमा अग्रसर गराएको हो । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको छुट्टाछुट्टै भेटमा बहुपक्षीयता दर्साउने जलवायु परिवर्तन, दिगो विकास लक्ष्यको प्राप्ति, विकास साझेदारी, जनमैत्री सम्बन्ध र नेपालको विकासशील यात्रालगायतका विविध विषयमा भएको छलफलले अब दुई देशको सम्बन्धको आयाम बहुपक्षीयतातर्फ लम्किएको सन्देश दिएको हो । बहुपक्षीय यात्रामा जापानले नेपाललाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता विदेशमन्त्री योकोले जनाउनु भएको छ ।
चार्टर जहाज छाडेर नेपाल वायुसेवामा फिर्ता
जापानका विदेशमन्त्री कामिकावा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्कनु भएको छ । विमान चार्टर गरी नेपाल आउनु भएकी मन्त्री योको स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडान पक्डनु भएको हो । उहाँको चार्टर गरिएको विमानका चालक दलका सदस्यहरूलाई आराम गर्न दिएर उहाँ भने अत्यन्तै व्यस्त कार्यक्रम सकेर अगाडि नै फिर्नु भएको हो । उहाँ टोकियोको नारिता विमानस्थलका लागि राति १०:३० को उडान नम्बर आरए ३४४ बाट जानु भएको हो । उहाँलाई क्याप्टेन विजय लामा र सहचालक अमृतराज महर्जनले टोकियो पु¥याउनुहुने छ । विदेशमन्त्री योकोलाई श्रीलङ्काबाट ल्याउने जहाजचाहिँ भोलि चालक दलका सदस्यलाई मात्र लिएर जाने छ ।
नेपाल भ्रमण गरी जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता
नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरी जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता हुनुभएको छ । जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो ।
नेविसंघ प्रवक्ताको जिम्मेवारी सेजुवाललाई
नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई दिएको छ। अधिवक्ता सेजुवाल जुम्लाको स्थायी बासिन्दा हुनुहुन्छ । केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम उहाँलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
‘रामचन्द्र–इन्दु गौतम पत्रकारिता पुरस्कार’ शर्मालाई
नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले प्रत्येक वर्ष प्रदान गर्दैआएको रामचन्द्र इन्दु गौतम पत्रकारिता पुरस्कार २०८० वरिष्ठ पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।
गोरखापत्र संस्थानका २८ जनाले गरे रक्तदान
गोरखापत्र प्रकाशनको १२४ औं वर्षप्रवेश तथा गोरखापत्र संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गर्नुभएको छ ।
कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।
नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसङ्ख्या वृद्धि ०.९२ प्रतिशत
नेपालमा वार्षिक रुपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरु सार्वजनिक गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गतको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले यो तथ्याङ्क प्रश्तुत गर्नुभएको हो ।
तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने
गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केही दिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ ।
सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना
नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका अवसरमा यहाँ सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना गरियो ।