सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन तथा प्रसारण गर्ने भएको छ । नियमन क्षेत्राधिकार अन्तर्गतका प्रतिनिधिहरुलाई बोलाएर सूचना प्रवाह संयन्त्रका विषय समेत अवगत गराउने कामपाको तयारी रहेको छ ।
गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ ।
आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताउनुभएको छ ।
मातातीर्थ औँसीमा दर्शनार्थीको भीड (फोटो फिचर)
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्म दिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ ।
हचुवाको आयोजना बन्यो सुरुङमार्ग
तीनै तहको सरकारमा हचुवाका भरमा विकास आयोजनाको निर्णय हुने गरेको पाइएको छ । यसको पछिल्लो उदाहरण बागमती प्रदेशको गौरवको योजनामध्येको एक भीमफेदी–कुलेखानी सुरुङमार्ग आयोजना बनेको छ ।
आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आज पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा हुने
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ ।
चौबिस दिनमा सत्ताइस जनाको मृत्यु
आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो ।
आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।
नीति पुनरवलोकन गर्न निर्देशन
राष्ट्रिय सभाले नेपालको राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीति पुनरवलोकन गर्न सरकारलाई निर्देशन दिएको छ। सभाले नीतिमा पुनरवलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मङ्गलबारको बैठकमा सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्थासम्बन्धमा छलफलपछि समितिले उक्त निर्देशन दिएको हो ।
कर्मचारीको तलब समायोजन गर्न ‘लबिङ’
निजामती कर्मचारीका ट्रेड युनियनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कर्मचारीको तलब वृद्धिभन्दा पनि समायोजनका लागि सरकारसँग ‘लबिङ’ गर्न थालेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेका बेला ट्रेड युनियनहरूले तलब वृद्धिभन्दा पनि तलब समायोजनलाई प्राथमिकतामा राखेका छन् ।
पहुँचवालालाई कृषि अनुदान
समयमै सूचना नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदान किसानको सट्टा बिचौलिया र पहुँचवालाको हातमा पर्दै आएको छ । राष्ट्रिय समावेशी आयोगले विज्ञ समूह बनाएर गरेको अध्ययनबाट कृषि अनुदानको जानकारी, प्रक्रिया र सूचनाका बारेमा अधिकांश किसानलाई जानकारी नै नरहेको तथ्य फेला परेको हो ।
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
सूर्यविनायक नगरपालिका ‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदैगरेको ना ५ ख २३६१ नम्बरको निजी गाडीले पैदलयात्रीलाई आज साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश दोस्रो युवा सम्मेलनको तयारी सकियो
बागमती प्रदेश युवा परिषद्ले वैशाख २८, २९ र ३० गते बागमती प्रदेशमा दोस्रो युवा सम्मेलनको आयोजना गर्ने भएको छ।
‘तयारी पोसाक निर्यातका विषयमा सरकार गम्भीर छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोसाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति
सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् ।
मिरा थुन्से बेचेर मनग्य आम्दानी गर्दै
धादिङको उत्तरी क्षेत्रका बासिन्दाले निगालोबाट बनेका सामग्रीको बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । तामाङ समुदायको बाहुल्य रहेको गङ्गाजमुना गाउँपालिका वडा नम्बर १ र २ स्थित धुसेनी, लताप, तावल, रिगाउँ, ताजीमराङ, रिचेतलगायतका बासिन्दाले निगालोबाट बनेका सामग्री बिक्री गरेर मनग्य आम्दानी लिन थालेका हुन् ।
उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।
हेटौँडा कला महोत्सव जेठमा
कला क्षेत्रको महत्त्व बुझाउने उद्देश्यले आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ । स्यार्टडे प्लेन आर्टको आयोजना हुने महोत्सवको संरक्षकमा बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय हुने काठमाडौँमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
आफूखुसी औषधि सेवन घातक
काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो । विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि सेवन गर्दा पनि पीडाले पछ्याउन छाडेन ।
वर्षाले केही घट्यो वायु प्रदूषण
मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यकालगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ ।
महिला र बालबालिकाको क्षेत्रमा धेरै काम गर्न बाँकी छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले पछिल्लो दशकमा महिला तथा बालबालिकाको अवस्थामा सुधार आए पनि यस क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।
सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पार्नुभएको छ । बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पुनले सरकार निजी क्षेत्रको अभिभावक पनि भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।