त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य
त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो ।
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा........
गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गर्नुभएको छ । उहाँले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गर्नुभएको हो ।
आमा दिवस अर्थात् ‘आमाको मुख हेर्ने’
आमा भएर बोकी हेर सन्तानका खुसीहरू... कला, सङ्गीत र साहित्यका विविध विधामा आमासम्बन्धी चर्चा धेरै नै हुने गरेको पाइन्छ । सामाजिक संस्कृतिकै रूपमा नेपाली समाजमा आमाको मुख हेर्ने पर्व धुमधामसाथ मनाइँदै आएको छ । मातातीर्थ औँसी अर्थात् जन्म दिने आमाको विशेष सम्झना, आदर र सम्मान गर्ने पर्वका रूपमा नेपाली समाजका बुधबार धुमधामसाथ मनाइयो । मातातीर्थ औँसीमा छोराछोरीले मिठा परिकार र नयाँ कपडालगायत उपहार आमालाई दिएर मुख हेर्ने चलन रहेको छ ।
घर पुनर्निर्माणका लागि अनुदान
सरकारले अब सबैखाले विपत्बाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपत्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो । नेपाल सेल्टर फोरमको दुईदिने छलफलको बुधबार ललितपुरमा समापन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपत्बाट हुने आवासको क्षतिमा सरकारले पुनर्निर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिनुभएको हो ।
भौतिक उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग आबद्ध गराइने
अबदेखि स्थानीय सरकारको लगानीबाट प्राप्त भौतिक उपलब्धि राष्ट्रिय प्रणालीसँग आबद्ध हुने भएको छ । अहिलेसम्म स्थानीय सरकारको लगानी भएका विकास निर्माण र सेवा प्रवाहका कुनै पनि उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग एकीकृत रूपमा आबद्ध हुन नसक्दा स्थानीय सरकारको लगानी राष्ट्रिय प्रणालीको अभिलेखभन्दा बाहिर रहँदै आएको थियो ।
पूर्वाधार विकासमा नयाँ ढोका
मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ छिचोलिएको हो भने अर्को सिँचाइ र जलविद्युत्सँग सम्बन्धित बहुउद्देश्यीय सुरुङ हो । २०८१ सालको पहिलो महिनामा नै दुई वटा सुरुङ छिचोलिएसँगै मुलुक सुरुङमार्गको नयाँ ढोका उघार्दै पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरेको हो ।
चिकित्सा शिक्षामा छात्रवृत्ति, व्ययभार घटाउन उपाय खोजिँदै
सरकारी शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदा चर्को आर्थिक व्ययभार पर्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकल्पबारे छलफल सुरु गरेको छ । यसबाट सरकारी कोषमा परेको आर्थिक व्ययभारलाई न्यूनीकरणका विषयमा अध्ययन गरेर सरकारलाई सुझाव दिन कार्यदल गठन गर्ने निर्णय मन्त्रालयले गरेको छ । सरकारले अहिले चिकित्सा शिक्षा अन्तर्गत स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
थालेसीमिया संवाहक हो-होइन भनेर समयमै रगत परीक्षण गराउने कि ?
विश्व थालेसीमिया दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यस दिवसका अवसरमा थालेसीमिया बिरामी एवम् चिकित्सकहरूले सबैका लागि समान र पहुँचयोग्य उपचारका लागि जोड दिएका छन् ।
सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक : पूर्वअर्थमन्त्री खतिवडा
पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताउनुभएको छ ।
वर्षापछि वायु प्रदूषण घट्दै
सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौँ उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ ।
रैथाने बाली प्रवर्द्धनमा जोड
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ । हराउँदै गएका कोदो, फापर, जुनेलो जस्ता पौष्टिकयुक्त अन्न बाली उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नुका साथै मूल्यको समेत निश्चितता गरिदिएपछि किसानहरू खुसी भएका छन् ।
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
विश्व रेडक्रस दिवसका अवसरमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा मूल समारोहको आयोजना गरी दिवस मनाइएको छ ।
एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैनः कांग्रेस
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेकपा (एमाले)सँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद नभएको बताउनुभएको छ ।
काभ्रेमा ‘आगो’को वितण्डा, बस्तीमा जोखिम
आफू जन्मे हुर्केको घर एकाएक खरानी भएको देख्दा सत्यमान लामा रिँगटा लागेर भुइँमा पछारिए ।
भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिनुभयो ।
विधायन समितिबाट सुरक्षित कारोबारसम्बन्धी विधेयक पारित
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।
मच्छिन्द्रनाथको रथ निर्माण बारे गुठी संस्थानको अन्तरक्रिया
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ निर्माण बारे सञ्चारकर्मीसँग स्थलगत अवलोकन तथा अन्तरक्रिया सम्पन्न भएको छ।
गण्डकी प्रज्ञा-प्रतिष्ठानले सात जना स्रष्टालाई सम्मान गर्ने
गण्डकी प्रज्ञा-प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका अवसरमा सात जना स्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठलाई सम्मान गर्ने भएको हो ।
अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको प्रवद्र्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना गर्न जरुरी रहेको बताउनुभएको छ ।
संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
पार्टी विभाजन असंवैधानिक छ, हामी अदालत जान्छौँ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ ।
बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु: सांसद नेम्वाङ
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ ।
चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल
ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ ।