प्लास्टिकमुक्त अभियान चलाउँदै भीरकोट
स्याङ्जाको भीरकोट नगरपालिकाले प्लास्टिकमुक्त नगर बनाउने अभियान सुरु गरेको छ । पालिकाले नागरिकलाई झोला बनाउन सिकाउन सुरु गरेको छ भने नगरवासीलाई करिब १३ हजार सपिङ ब्याग निःशुल्क वितरण गर्ने भएको छ ।
पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
पानीका मुहान सुक्न थालेपछि संरक्षण पछिल्लो समय बागलुङमा मुहान तथा कुवा सुक्न थालेका छन् । विभिन्न कारणले गर्दा खानेपानीका मुहान सुक्दै गई खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षण गर्न अभियानका रूपमा लिइएको छ ।
सदनको अवरोध हटाउन अनौपचारिक संवाद
सङ्घीय संसदमा उत्पन्न गतिरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् ।
‘योग अमूर्त सम्पदा हो, यसलाई परिष्कृत गर्दै लैजानुपर्छ’
योग अमूर्त सम्पदा भएको भन्दै यसलाई अझ परिष्कृत गर्दै लैजानुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभाग योगविज्ञान अधिस्नातक २०७९ विद्यार्थीद्वारा आयोजित गुरुवर्ग, संस्कृत केन्द्रीय विभाग तथा ललितपुर महानगरपालिकालाई धन्यवाद ज्ञापन कार्यक्रममा धारणा राख्दै वक्ताहरूले योगको आशय आफूसहित अरूलाई सुखी राख्ने भएको बताएका छन् ।
राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनु भएको छ ।
राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
प्रदेशमा थपियो ३९ जना डेंगु सङ्क्रमित
बागमती प्रदेशमा थप ३९ जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखको २८ गते शुक्रबारसम्म चितवनमा २०, मकवानपुरमा १७ र धादिङमा दुई जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आम नागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ ।
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
पप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम र सिपका आधारमा कारागारमा रहेका कैदीहरूको कैद मिनाहाको नीति ल्याइने तयारी भइरहेको बताउनुभयो ।
नौबिसेको जगबैज्येश्वर महादेव (फोटो फिचर)
जिल्लाको नमोबद्ध नगरपालिका दाप्चाबेसी वडा नं. ७ भकुण्डेबेसीको नौबिसेमा अवस्थित जगबैज्येश्वर महादेवको मन्दिर । उत्तर बाहिनी हुँदै बगेको गङ्गा, सरस्वती र यमुना नामक दाप्चेखोलाको सङ्गम त्रिवेणी पर्दछ।
गन्तव्य दोलखा
गौरीशङ्कर हिमालको काखमा अवस्थित दोलखा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ भन्दा अत्युक्ति नहोला । जताततै डाँडाहरूमा वर्षापछि उम्रेका विभिन्न प्रजातिका वनस्पति तथा रुखबिरुवाहरू, पाखाभरि लहलहाउँदो कोदाका बालाहरू, तल बेँसीमा पहेँलपुर भएको धानका बालाहरू अनि अविरल तामाकोशीमा बगिरहेको कञ्चन निलो पानी र त्यसमाथि विभिन्न चराचुरुङ्गीको चिरबिर आवाजहरूले चित्त प्रसन्न हुन्छ ।
विश्वसम्पदा बौद्धनाथ स्तूप
काठमाडौँ दरबार स्क्वायरबाट सात किलोमिटरको दुरीमा रहेको बौद्धनाथ स्तूप करिब १५ रोपनीमा फैलिएको छ । सय फिटको व्यास भएको गर्भगृह छ भने बौद्ध स्तूपको कुल उचाइ १४१.८ फिट रहेको तथ्याङ्कले देखाउँछ । स्तूपमा विभिन्न भागमध्ये पाँच वटा मुख्य तहलाई सृष्टिका पञ्चत्वकाे प्रतीक मानिन्छ ।
रङ्गशालामा विश्वकप छनोट खेल हुनेमा शङ्का
एएफसीले दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएपछि अर्को महिना यसै मैदानमा विश्वकप छनोट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्ने खेल हुनेमा शङ्का उत्पन्न भएको छ । एएफसीका पदाधिकारीले रङ्गशालाको निरीक्षणपछि विभिन्न पक्षमा प्रश्न उठाएका थिए ।
छ महिनाअघि नै बन्यो पुल
पटक पटक म्याद थप्दा पनि विकास निर्माणको काम सम्पन्न नहुने गरेको देशव्यापी गुनासो आइरहेको बेला चितवनको भरतपुरमा एउटा पुल निर्धारित मितिभन्दा छ महिनाअगाडि नै निर्माण सम्पन्न भएको
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ ।
चितवनका होटलमा २५ प्रतिशतसम्म छुट
भरतपुर भ्रमण वर्ष २०२४ लाई मध्यनजर गर्दै चितवनका होटल तथा रेस्टुरेन्टले खानामा १५ प्रतिशत र कोठामा २५ प्रतिशतसम्म छुट दिने भएका छन् ।
जहाज मर्मतको छानबिन गर्न समिति गठन
नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरिएको छ ।
इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुुपस्थिति रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जनाएको छ ।
भाषा संरक्षणमा सहयोग
आफ्नो मातृभाषालाई प्रदेश सरकारले सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न थालेपछि बागमती प्रदेशका तामाङ र नेवार समुदायमा खुसियाली छाएको छ । प्रदेशभित्र बहुसङ्ख्यक जनताले
प्रदेश सभा अधिवेशन आह्वान
बागमती प्रदेश सभाको अधिवेशन यही वैशाख ३१ गते सोमबारका लागि आह्वान गरिएको छ । बजेट अधिवेशनका रूपमा रहेको प्रदेश सभाको अधिवेशन बागमती प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गर्नुभएको हो ।
सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब एक अर्ब २० करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी : सचिव पाण्डेय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी रहेको बताउनुभएको छ ।
कोशी सरकार गठनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।