पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’
कतिपय कृतिमा पात्रहरूका समय र घटनाको सत्यतामा आनका तान फरक परे पनि त्यसलाई कथा वा उपन्यास वा नाटक आदि भनिदिनाका साथै लेखकको कल्पनाशीलता भनिदिए पुग्छ । तैपनि ऐतिहासिक घटना र त्यसका पात्रहरूलाई प्रस्तुत गर्न लेखकहरू जोखिम मोल्नमै लालायित भइरहन्छन् ।
काँग्रेस संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो ।
बागमतीको बजेट अधिवेशन आजबाट
बागमती प्रदेश सभाको अधिवेशन आज सोमबारबाट सुरु हुँदै छ । बजेट अधिवेशनको रूपमा रहेको प्रदेश सभाको अधिवेशन दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।
नुवाकोटको भैरवी मन्दिर र साततले दरबार
नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक भैरवीदेवी मन्दिरसहित बायाँतर्फ साततले दरबार र दायाँतर्फ धामी निवास । विसंं। २०७२ को भूकम्पले क्षति पुर्याएपछि भैरवीदेवीको पुर्ननिर्माण भए पनि साततले दरबार र धामी निवास पुनर्निर्माणको पखाईमा छ ।
पुल शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड चितवनमा
चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्दै हुनुहुन्छ । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सो पुलको अहिले बिहान ९ .३० बजे एक कार्यक्रमका बिच प्रधानमन्त्री दाहालले शिलान्यास गर्नुहुने कार्यक्रम रहेको हो । यो पुलले पश्चिम नेपाललाई पूर्वी नेपाल तथा काठमाण्डाँसगै जोडने काम गर्छ ।
आजको मौसमः गण्डकी, कोशी र बागमतीमा वर्षा
गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य
चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा सेवा र वस्तुको महँगी घटेको तथ्य सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आव २०७९/८० को चैत महिनाको तुलनामा चालु आवको चैत महिनामा वस्तु र सेवाको महँगी झन्डै आधाले घटेको हो । केन्द्रीय बैङ्कको प्रतिवेदन अनुसार गत आवको चैत महिनामा ७.७६ प्रतिशत रहेको महँगी चालु आवको चैतमा घटेर ४.६४ प्रतिशतमा सीमित रहेको छ । खाद्य तथा पेय पदार्थको महँगी पनि गत वर्षको चैतको तुलनामा घटेको छ । गत आवको चैतमा ६.९३ प्रतिशत रहेको महँगी चालु आवको चैतमा ५.२१ प्रतिशतमा सीमित रहेको देखिएको छ ।
दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने
मकवानपुरका दुग्ध उत्पादक किसानले उत्पादन गर्दै आएको दुध मिल्क होलिडे, उचित मूल्य नपाउनेलगायतका समस्या झेलिरहेको समयमा पूर्वी मकवानपुरको बकैया गाउँपालिकाका किसानले उत्पादन गरेको दुध बिक्री सुनिश्चित भएको छ । बकैया गाउँपालिकाभित्र उत्पादन हुने दुध १० वर्षसम्म खरिद बिक्री गर्ने गरी गाउँपालिका र डेरी उद्योगबिच सम्झौता भएको हो । बकैया गाउँपालिका कार्यालय र भक्तपुरको चाँगुनारायण नगरपालिका–५, खरिपाटीस्थित शिवपुरी फ्रेसडे डेरी उद्योगबिच बकैया गाउँपालिकामा उत्पादित दुध खरिदसम्बन्धी १० बर्से सम्झौता गरिएको हो ।
चालु आवभित्रै निजामती ऐन ल्याउने गृहकार्य
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले चालु आर्थिक वर्ष २०८०/८१ भित्रै सङ्घीय निजामती ऐन ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको अन्तर्क्रियामा मन्त्री जोशीले सङ्घीय निजामती ऐन नभएका कारण काम गर्न समस्या भएकाले यसै वर्षभित्र ऐन ल्याउन आफूले पहल गरिरहेको बताउनुभएको हो । सङ्घीय निजामती ऐन नआएसम्म मन्त्रालयले प्रदेश र स्थानीय तहका कर्मचारी चलाउन सक्ने अवस्था नरहेको र कतिपय काम गर्न समस्या रहेको महसुस गरी संसद्मा विधेयक प्रस्तुत भए पनि दफावार छलफलको समय सर्दै आएको जानकारी दिनुभयो ।
नेता कोइराला र थापाविच छलफल
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबिच आज भेट भएको छ । नेता कोइरालाको सचिवालय बिशालनगरमा दुई नेताविच भेट भइ समसामयिक राजनीतिका विषयमा छलफल भएको हो ।
१३ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो बागमती प्रदेश युवा सम्मेलन सम्पन्न
‘सृजनशीलता र उद्यमशीलता प्रवर्द्धन : बागमतीमा युवा सशक्तीकरण’ भन्ने नारासहित वैशाख २८ गतेदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको बागमती प्रदेश युवा सम्मेलन २०८१ सम्पन्न भएको छ।
कांग्रेसप्रति ‘नेगेटिभ’ छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसप्रति आफू कहिल्यै ‘नेगेटिभ’ नभएको स्पष्ट पार्नुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले पनि आफूलाई ‘नेगेटिभ’ सोच्न पर्ने कारण नभएको बताउनुभयो ।
आरोही कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमा
आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उहाँले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको हो ।
काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकामा सञ्चालित उद्योगलाई अन्यत्र सार्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
नगरप्रमुखद्वारा निर्माणाधीन कोसेली घरलगायतका पूर्वाधारको अनुगमन
हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मिनाकुमारी लामाले हेटौँडा १० मा चालु आर्थिक वर्षमा निर्माणाधीन भौतिक पूर्वाधारको कामको अनुगमन गर्नुभएको छ ।
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छ : मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताउनुभएको छ ।
वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै
काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आइतबार विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ । यही वैशाख २० गते विश्वको पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण न्यूनीकरण भएर आज भने ५० औँ नम्बरमा पुगेको हो ।
राजनीतिक स्थायित्वका लागि सबैपक्ष जुटौँ : मन्त्री जोशी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
प्रवर्द्धनात्मक स्वास्थ्य सेवाका लागि परामर्श र स्क्रिनिङ् शिविर सुरु
स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरूकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ ।
चैतसम्मको आर्थिक अवस्था : नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक देखिएका छन् ।
बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक
गएराति दुई समूहबीचमा भएको झगडामा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको र उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
‘नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गर्नुभएको छ ।
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छः अध्यक्ष लोहनी
नेपाल घरजग्गा तथा आवासीय विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबारभन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताउनुभएको छ ।