राममणि दाहाल
हेटौँडा, वैशाख ३१ गते । बागमती प्रदेश सभाको अधिवेशन आज सोमबारबाट सुरु हुँदै छ । बजेट अधिवेशनको रूपमा रहेको प्रदेश सभाको अधिवेशन दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।
यसअघि बागमती प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको अधिवेशन आव्हान गर्नुभएको हो । अधिवेशनको पहिलो दिन प्रदेश सभाको अधिवेशनको सफलताको लागि दलीय रूपमा शुभकामनाका दिने कार्यक्रम रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
साथै बैठकमा प्रदेश सरकारले जारी गरेको उच्च शिक्षा ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।यसै अधिवेशनमा अवधिमा प्रदेश सरकारको आगामी बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट ल्याइने भएको छ ।