प्रदेश सभा बैठकः पूर्वाग्रह नराखी काम गर्न सरकारलाई सुझाव
बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता बहादुर सिं लामाले पूर्वाग्राही नराखी प्रदेशको पूर्वाधार विकास, बजेट र योजनालाई भौगोलिक आवश्यकताअनुसार बाँडफाँट गर्न आग्रह गर्नुभयो ।
मनसुनजन्य विपद्को पूर्वतयारी आवश्यक छ : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मनसुनजन्य विपद् व्यवस्थापनका लागि मौसम पूर्वानुमान र विपद्जन्य पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की चयन हुनुभएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक
केन्द्रीय तथ्याङ्क कार्यालयले मुलुकको हिमाल, पहाड र तराईको वस्तुस्थितिमा आधारित भई तयार पारेको राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेस हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ ।
विद्यार्थी महोत्सवको तयारी पूरा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भोलिदेखि आयोजना गर्ने ‘विद्यार्थी महोत्सव’को तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा महोत्सवको सबै तयारी पूरा भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो ।
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताले भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गर्नुभयो ।
तोकिएको समयमै सिड समितिमा जवाफ पेश गरिनुपर्ने
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) समितिमा पेश भएको प्रतिवेदनमा प्राप्त भएका सुझावका आधारमा छिटो लिखित जवाफ फर्काउनुुपर्नेमा जोड दिइएको छ ।
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजश्व वृद्धि गरेको बताउनुभएको छ ।
बागमती प्रदेश सभाको चौथौँ अधिवेशन : जनताको आकाङ्क्षा अनुसार काम गर्नुपर्नेमा जोड
बागमती प्रदेश सभाको चौथो अधिवेशन सोमबारबाट सुरु भएको छ । बजेट अधिवेशनको रूपमा रहेको प्रदेशसभाको अधिवेशनको पहिलो दिन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले अधिवेशनको सफलता शुभकामना व्यक्त गर्दै प्रदेश सभा र प्रदेश सरकार जनताको आकाङ्क्षा अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ ।
‘अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र’
रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बन्नु भएका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत नै चर्चामा आउनुभयो । शेर्पा भाषामा तयार भएको उक्त चलचित्रमा हिमाली संस्कृति र कथा देखाइएको थियो ।
दुर्गमका सबै पालिकामा नुन सुलभ रुपमा उपलब्ध गराउन संसदीय समितिको निर्देशन
संसदीय समितिले दुर्गम जिल्लाका सबै पालिकाहरूमा सुलभ रूपमा नुनको उपलब्धता गराउन सरकारलाई निर्देशन दिएको छ ।
वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु
वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ ।
सरकारले नुन, चिनी र मलको सहज आपूर्तिका लागि ठोस योजना बनाउँछः मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले नुन, चिनी र मलखादको सहज आपूर्तिका लागि सरकारले ठोस योजना बनाउने बताउनुभएको छ ।
जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताउनुभयो ।
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : प्रमुख साह
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले ‘चित्रकला’ र ‘मूर्तिकला’बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताउनुभएको छ ।
नयाँ दल गठनविरुद्ध जसपा अध्यक्ष यादवद्वारा सर्वोच्चमा रिट
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।
नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उच्च शिक्षाका लागि स्वदेशकै विश्वविद्यालयमा विद्यार्थी टिकाउने वातावरण सिर्जना गर्न जोड दिइएको छ ।
दलहरूबिच सहमति भई सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गतिराेध अन्त्य भई सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना : विभाग
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
आर्थिक सल्लाहकार नियुक्त
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्राध्यापक डा. कपिलदेव सुवेदीलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको छ ।
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताउनुभएको छ ।
सदनमा कुरा त राख्छु, सम्बोधन हुँदैन : नेत्री सिंह
राजनीतिमा होमिन आमरुपमा महिलाका लागि त्यति सहज छैन । पछिल्लो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले भने राजनीतिमा महिला समावेशीतालाई बाध्यकारी बनाइदिएको छ । फलस्वरुप चाहेर वा नचाहेर घुम्टो पन्छाउँदै घरदेखि सदनसम्म आउन मधेसका महिला तयार हुनुहुन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिनुभयो ।