सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
आजबाट काठमाडौँका यी क्षेत्रमा बिजुली अवरुद्ध हुने
नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौँ उपत्यका भित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
काठमाडौँको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।
बढ्दै गएको केकको व्यापार
नेपालमा पछिल्लो समय हरेक केकको प्रयोग बढेको छ । युवा पुस्ता मात्रै हैन वृद्धले समेत आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठलगायतका पर्वमा केक काट्ने प्रचलन अनिवार्य जस्तै भएको छ । विशेषतः विवाहोत्सव वा विभिन्न सङ्घ संस्थाको वार्षिकोत्सव, आफन्तको विदेश यात्रा होस् वा विदेशबाट फर्केको दिन केही रमाइलो गर्न प¥यो भने केक काटेर रमाइलो गर्ने कार्य अनिवार्य जस्तै भएको छ ।
पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा ७ रुपियाँले घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रुपियाँले घटाएको हो ।
आले मगरलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी
बागमती प्रदेशमा मन्त्रालय फुटाएर १३ वटा बनाइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको हो ।
‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’
भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताउनुभएको छ ।
नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
श्रीलङ्काबाट उद्धार गरिएका एक महिलाले खुलाउनुभयो बेचबिखनमा संलग्नको पहिचान
माइति नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिड-१९ को बेला श्रीलङ्काबाट उद्दार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताउनुभएको छ ।
उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक फेरानबिच भेट
द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक मिरियाम फेरानसँग आज विविध विषयमा कुराकानी भएको छ ।
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब
सोह्रौँ योजना कार्यान्वयनका लागि करिब एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार सोह्रौँ योजना कार्यान्वयन गर्न करिब एक सय ११ खर्ब लागत अनुमान गरिएको छ ।
एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक
निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको छ ।
आगामी पाँच वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्रौँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो ।
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।
अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह
नेपाली कांग्रेसले पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग माग गरेको छ ।
१६ औँ योजनाले उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता : उपाध्यक्ष श्रेष्ठ
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औँ आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबिच भेटवार्ता
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
बिहीबारदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने
नेपाल विद्युत प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ । बिहीबार नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
अनशनरत भण्डारीको जीवनरक्षाको माग
शारीरिक अपाङ्गता भएका व्यक्तिले विभिन्न माग राखी गरेको आन्दोलनका क्रममा केही व्यक्ति पक्राउ परेका छन् ।
१६ औं योजनाको लक्ष्य : कुल गार्हस्थ उत्पादन एक सय खर्बभन्दा माथि पुर्याउने
राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) एक सय खर्ब रुपियाँभन्दा माथि पुर्याउने लक्ष्य राखेको छ ।
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
प्रमुख अन्तर्राष्ट्रिय बजारमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात गर्न साना व्यवसायीहरुलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको पस्मिना निर्यात सहजीकरण निर्देशिका सार्वजनिक गरिएको छ ।
जेठ ४ देखि लाङटाङ हिमाल क्षेत्रका पदमार्ग अभियान सञ्चालन हुने
नेपाल ट्रेकिङ-ट्राभल्स-र्याफ्टिङ-एयरलाइन्स श्रमिक युनियनले लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाई गर्ने भएको छ ।
विष्णुमती करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो
टोखा नगरपालिकाले विष्णुमती करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ । टोखा-९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो ।
एमाले संसदीय दलको बैठक सुरु
नेपाल सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई बुधबार सत्तारुढ नेकपा (एमाले) को संसदीय दलको बैठक बसेको छ ।