• १२ साउन २०८१, शनिबार

पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा ७ रुपियाँले घट्यो

blog

काठमाडौँ, जेठ २ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच रुपियाँले घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एकसय ६८ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एकसय ७० र तेस्रो वर्गका लागि एकसय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एकसय ५१ रुपियाँ ५० पैसा, एकसय ५३ रुपियाँ र एकसय ५४ रुपियाँ पुगेको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ । नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।


इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । आइओसीले आज पेट्रोलको मूल्यमा प्रतिलिटर छ रुपियाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर पाँच रुपियाँ नौ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ ।