मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ ।
प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु
सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।
कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग दोहोर्याएको छ । कांग्रेस संसदीय दलको आज बिहान बसेको बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेन्टी गर्न, बचत हिनामिना भई पीडित बचतकर्ताको रकम फिर्ता गर्न र हिनामिनामा संलग्नमाथि छानबिन गरी कारबाही गर्ने सुनश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याएको हो ।
मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, संवर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताउनुभएको छ ।
१० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ ।
अकुपन्चर विधिबाट सामान्यदेखि जटिल रोगको उपचार
अकुपन्चर चाइनामा विकास भएको एक प्राचिन उपचार पद्धति हो, भनिन्छ । यो उपचार विधि ६ हजार वर्ष अघि नै प्रचलनमा आएको बताइन्छ । अकुपन्चर विशेषज्ञ डा. लोकेश कर्णकाअनुसार ‘अकु’ भनेको सियो र ‘पन्चर’ भनेको घोच्ने हो ।
ढुक्क भएर लगानी गर्नुस् सरकार निजी क्षेत्रको प्रवर्द्धनको पक्षमा छ: प्रधानमन्त्री प्रचन्ड
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ ।
काँग्रेस विपक्षी दलसँग छलफल गर्दै
नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले विपक्षी दलको संयुक्त बैठक बोलाउनुभएको छ । विहान १०ः३० बजे बैठक सुरु हुने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
बागमतीमा तेह्र मन्त्रालय बनाइयो
बागमती प्रदेशमा मन्त्रालय फुटाएर १२ बाट १३ वटा बनाइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको हो ।
आज दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिनु हुने
प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले राससलाई जानकारी दिनुभयो ।
विद्यार्थीसँग ट्राफिक प्रहरी
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले दुर्घटना न्यूनीकरण गर्न विद्यालयमा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले विभिन्न विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले राससलाई जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।
बनेपालीको पर्व ‘चण्डेश्वरी जात्रा’
बनेपालीले हरेक वर्ष पर्वकै रूपमा मनाउने ‘चण्डेश्वरी जात्रा’ को औपचारिक विधि बिहीबारदेखि सुरु भएको छ । चण्डेश्वरी जात्रासँग सम्बन्धित केही रोचक प्रसङ्गसमेत जोडिएका छन् । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन (बुद्ध जयन्ती) विशेष रूपमा मनाइने चण्डेश्वरी जात्राको विधि वैशाख शुक्ल अष्टमीको दिनबाट सुरु हुन्छ । जात्रा सम्पन्न नभएसम्म बनेपाको पुरानो बजार क्षेत्रमा बेहुलीलाई घुम्टो ओढाउन, कालो छाता ओढ्न, छाला जुत्ता लगाउन पाइन्न ।
तापक्रम ४० डिग्रीसम्म पुग्ने, अत्यधिक गर्मी बढ्ने भएकाले सावधानी अपनाउन आग्रह
विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।
रिजाल विज्ञ सल्लाहकारमा नियुक्त
बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री एका लाल श्रेष्ठले तुलसी प्रसाद रिजाललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्नुभएको छ । हेटौँडा ४ निवासी रिजाललाई विज्ञ सल्लाहकारमा मन्त्री श्रेष्ठले नियुक्त गर्दै बुधबार पदस्थापन गर्नुभएको हो ।
नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ : नेता डा. रिजाल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले नेपाल दुई ठुला अर्थतन्त्र भएको राष्ट्रबिच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताउनुभएको छ ।
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुना साथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित गर्नुभएको हो ।
युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : एमाले महासचिव पोखरेल
पाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश बनाउने सङ्कल्पसहित युवा अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि डा.केसीले तोड्नुभयो अनसन
स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीले २२ औँ आमरण अनसन तोड्नुभएको छ । केसीले बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ औँ अनसन तोडेको जानकारी दिनुभएको हो ।
निगमको सेवालाई थप चुस्त बनाउन पर्यटन मन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
विपन्न एकल महिलालाई घर हस्तान्तरण
मकवानपुरको मनहरी गाउँपालिकामा अति विपन्न चेपाङ समुदायका एकल महिलालाई घर हस्तान्तरण गरिएको छ ।
‘जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गरिने’
प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।