विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, आम्दानीका आधारमा वार्षिक दस्तुर
सरकारले दूरसञ्चार सेवाप्रदायकको कुल आम्दानीका आधारमा वार्षिक शुल्क लिने नीति लागु गर्ने भएको छ । दूरसञ्चार सेवाको अनुमतिपत्र नवीकरणसहित विभिन्न शीर्षकका शुल्क बढी भएको सन्दर्भमा सरकारले यस्तो नीति अख्तियार गर्ने भएको हो । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेवाप्रदायकबाट कुल आम्दानीको हिसाबले वार्षिक दस्तुर लिने गरी समान व्यवहारको नीति लागु गर्ने तयारी भइरहेको बताउनुभयो ।
कर्मचारी सरुवा बाह्रैमास
सरकारले गत वैशाख २७ गते ६० सहसचिवको सरुवा गर्यो । वैशाख १३ मा दुई सचिव र २८ सहसचिवको सरुवा गरेको छ । त्यसअघि चैत ३० गते पाँच सचिव, १५ चैतमा ११ सचिव र ८ चैतमा दुई सचिव तथा पाँच जना सहसचिवको सरुवा गरेको छ । गत चैत र वैशाख महिनाभरमा मात्रै सरकारले शाखा अधिकृतदेखि सचिवसम्म अन्तरमन्त्रालय, प्रदेश सरकार र स्थानीय तहमा गरी चार सय जनाभन्दा बढी कर्मचारी सरुवा गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यसरी जुनसुकै बेला पनि कर्मचारी सरुवा गर्दा प्रशासनिक अस्थिरता आउने विज्ञहरूको धारणा छ ।
छिचोलियो लेनडाँडा सुरुङमार्ग
काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता गौरवकुमार केसीका अनुसार द्रुतमार्ग आयोजना अन्तर्गत प्याकेज नम्बर–२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग शुक्रबार छिचोलिएको हो ।
संसदीय समिति सभापतिमा भागबण्डा
बागमती प्रदेश सभा अन्तर्गत रहेका विषयगत समितिको सभापतिको भागबण्डा गरेर मिलाइएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको प्रदेशसभा सचिवालयमा शुक्रबार बसेको बैठकले भागबण्डा गर्ने गरी सहमति जुटाएको हो ।
चोरी गरेको आरोपमा ६ जना पक्राउ
प्रहरीले चोरी कार्यमा सङ्लन्न छ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ललितपुर क्षेत्रमा चोरीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका हुन्।
इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ ।
सरकारले १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने
सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
दश महिनामा पाँच हजारभन्दा बढी डढेलो
करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलोसम्बन्धी घटना भएको छ । वन तथा भू-संरक्षण विभागको तथ्याङ्कानुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ ।
काठमाडौँ-तराई/मधेश द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो
नेपाली सेनाले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ छिचोलिएको छ ।
इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनुभएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताउनुभएको छ ।
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक
भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले लुटिएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
‘उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ’
उच्च रक्तचापलाई नियन्त्रणमा राख्नसके यसबाट हुने दीर्घकालीन असरबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । यो रोग नभएर रोगको कारक भएको भन्दै रक्तचापलाई नियन्त्रणमा राखेर सहज जीवनयापन गर्न सकिने बताएका हुन् ।
गर्मी बढेसँगै तापक्रम ४० डिग्रीमाथि
नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ ।
दुई वटा विद्यालय भवन हस्तान्तरण
चीन सरकारद्वारा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका सिंँगटी र भीमेश्वर नगरपालिका–४ जिलुमा निर्मित भूकम्पप्रतिरोधी विद्यालयको भवन हस्तान्तरण गरिएको छ ।
प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
न्यायपालिकालाई भरोसा योग्य बनाउन सबैको सहयोग जरुरी : प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायापालिकालाई भरोसा योग्य बनाउनका लागि सबैको प्रयास जरुरी भएको बताउनभएको छ ।
नेपालको विकासमा रसियाको ठूलो सहयोग छः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रसियाको ठूलो सहयोग रहेको बताउनुभएको छ ।
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ
कीर्तिपुर नगरपालिका-१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
स्वस्थानी र अरहन्त च्याम्पियन
अरहान्त केशर सिंह र स्वस्थानी श्रेष्ठले शुक्रबार एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
मञ्जुश्री पार्क
काठमाडौँको चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुईजना युएईबाट पक्राउ
ज्यानसम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।
डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल रूपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ ।
प्रहरी समायोजन गरी सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानको भावना अनुसार सङ्घीयता कार्यान्वयनमा ढिलाइ भएको बताउनुभएको छ ।
रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो
नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।