'सिप मेला’को पहिलो चरण शुक्रबार सकिँदै
टुँडिखेलमा जारी ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिको तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ। काठमाडौँ महानगरले सञ्चालन गरेको उक्त मेलाको पहिलो चरणमा एक हजार ५०५ जनाले तालिम लिएका छन्।
लागूऔषधसहित तीन विदेशी महिला पक्राउ
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका-१७ ठमेलबाट पक्राउ गरी सार्वजनिक गरिएको छ ।
‘लुबाट बच्न जनचेतना बढाउन आवश्यक’
‘लु’ (तातो हावाको लहर)बाट बच्नका लागि व्यापक जनचेतना तथा प्रचारप्रसार गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताउनुभएको छ ।
‘विश्वविद्यालय सुधार गर्न छाता ऐन ल्याउनुपर्ने’
विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको आयोजनामा भृकुटीमण्डपमा जारी विद्यार्थी महोत्सवको ‘विश्वविद्यालय सुधार किन र कसरी’ भन्ने बहसका वक्ताहरूले विश्वविद्यालय सुधारका लागि समग्र विश्वविद्यालयका लागि एकै छाता ऐन ल्याउनुपर्ने बताए ।
पूर्व प्रधानसेनापति सिंहको निधन
पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा खड्का
सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्कालाई नियुक्त गरेको छ । सिंहदरबार आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संवर्द्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
दुई शिक्षकलाई रोटरी सम्मान
रोटरी क्लब अफ कान्तिपुर काठमाडौँले २४ औँ स्थापना दिवसको अवसरमा दुई जना शिक्षकलाई सम्मान गरेको छ।
लोकतन्त्रलाई सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
'१० वर्षमा दुई हजार आठ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले पूरा गर्नसक्छन्’
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १० वर्षमा दुई हजार आठ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्ने बताउनुभएको छ।
विपन्नको जीवनस्तर उकास्न बाख्रा वितरण
कार्यालयको समयमा सधैँ जसो सेवाग्राहीको बाक्लै चहलपहल हुने कमलामाई नगरपालिका, सिन्धुलीको कार्यालयमा गत आइतबार बाख्राको भीड लाग्यो । प्रायः सेतो र खैरो रङ्ग मिसिएका बोएर क्रस जातको बाख्रा आकर्षक पनि थिए ।
मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन
मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किनुभएको छ ।
जलवायु समस्यालाई विश्वव्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
दुर्घटना न्यूनीककरण गर्न ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले दुर्घटना न्यूनीकरण गर्नका लागी विद्यालयमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानका विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन आवश्यकः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको बैठक सर्यो
राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजेका लागि सारिएको छ । बिहीबार दिउँसो १ः१५ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ः३० बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्मप्रासद पाण्डेयले जानकारी दिनुभयो ।
सुदूरपश्चिम सरकारमा सहभागी हुन एमालेलाई अध्यक्ष नेपालको आग्रह
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा (एमाले)सँग आग्रह गर्नुभएको छ ।
मदन र आश्रितप्रति श्रद्धाञ्जलि
नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा आज बल्खुस्थित मदननगरमा उहाँहरुको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।
संसद् बैठकबारे प्रधानमन्त्री र सभामुखबिच टेलिफोनवार्ता
प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही पछि बस्ने भएको छ । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनवार्तापछि बिहीबार बस्ने प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा केही पछि सञ्चालन हुने भएको हो ।
स्कुटी दुर्घटनामा चालकको मृत्यु
मकवानपुर बागमती गाउँपालिका –४ सादेपुलस्थित धरान चतरा सडक खण्डमा बुधबार ना. ६६ प ९३०३ नम्बरको स्कुटी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने
पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गर्नुभएको केन्द्रीय सदस्य मोहन गौतमले राससलाई जानकारी दिनुभयो ।
मदन–जीवराज स्मृति दिवस आज
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उहाँहरूले गर्नुभएको योगदानको स्मरण गर्दै आज मनाइँदैछ । एमाले र नेकपा (एकीकृत समाजवादी) ले विविध कार्यक्रम आयोजना गर्दैछन् ।
मूलपानी क्रिकेट मैदान
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका – ६ स्थित मूलपानीमा रहेको मूलपानी क्रिकेट मैदान।
मूल्य नपाएपछि दुग्ध उत्पादन गोदाममा
चितवनको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादन गरेको पाउडर दुध र नौनी बिक्री नभएपछि गोदाममा थन्किएको छ । किसानबाट दुध सङ्कलन गरी यसका विभिन्न उत्पादन बिक्री गर्दै आएको सहकारीले उत्पादन गरेको पाउडर दुधले मूल्य नपाएपछि गोदाममा थन्किएको हो । संस्थाले सङ्कलन गरेको दुधबाट पाउडर र नौनी बनाउने गरेको छ । यसरी बनाएको पाउडर दुध र नौनीले मूल्य नपाउँदा गोदाममा राख्न बाध्य भएको सहकारी संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले जानकारी दिनुभयो । गोदाममा थन्किएको पाउडर दुध र नौनीको मूल्य तीन करोड रुपियाँभन्दा धेरै पर्ने सहकारीले जानकारी दिएको छ ।