• १४ मंसिर २०८१, शुक्रबार

सुदूरपश्चिम सरकारमा सहभागी हुन एमालेलाई अध्यक्ष नेपालको आग्रह

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, जेठ ३ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा (एमाले)सँग आग्रह गर्नुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरुले उठाएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिइरहनुभएको र विश्वासको मत मात्रै दिने नभ सरकारमा सहभागी हुन समेत एमालेलाई आग्रह गर्नुभयो ।

उहाँले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सबै पार्टीले सहयोग गर्ने विश्वास व्यक्त गर्दै विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै नभ मन्त्रिमण्डलमा सहभागी भ सहकार्य गर्नका लागि आह्वान गर्नुभयो ।

अध्यक्ष नेपालले कोशी प्रदेशमा आफ्नो पार्टीले विश्वासको मत दिएको बताउनुभयो । उहाँले मधेश प्रदेशमा जनता समाजवादी पार्टी, नेपाललाई सहयोग गरिरहेको स्पष्ट पार्नुभयो । आफ्नो पार्टी अहिलेको सरकारकै भलो चाहने पक्षमा रहेको पनि बताउनुभयो । उहाँले मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लाग्नुपर्ने जिकिर गर्नुभयो ।

‘‘यो सत्ता समीकरणमा हाम्रो पार्टी पनि सामेल छ । केन्द्रीय सरकारमा पनि छ र प्रदेश सरकारमा पनि छ । आजमात्रै पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, उहाँले विश्वासको मत प्राप्त गर्नुपर्ने कार्यसूची छ । सबै सम्बन्धित पार्टीबाट सहयोग प्राप्त गर्नेछौँ भन्ने लागेको छ । विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै होइन, यसलाई सहभागी समेत भएर मन्त्रीमण्डलमा सहभागी भएर सहकार्य गर्नका लागि आह्वान गर्न चाहन्छौँ ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘कोशी प्रदेशमा विश्वासको मत हामीसँग कुरा भएर नयाँ सरकार बनेको होइन, परामर्श हामीसँग भएको भए राम्रो हुन्थ्यो । हामीले विश्वासको मत दिएका छौँ, चलिरहेको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टी, नेपालसँग सहकार्य रही रहेकाले त्यसलाई ध्यानमा राखेर मधेश सरकारमा संलग्नता कायम राख्दै अघि बढिरहेका छौँ । पार्टीहरुको बीचमा एकता होस्, सहकार्य होस् भन्ने चाहना छ ।’’

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) फुटाउन सहज नरहेको बताउनुभयो । सबै सांसदहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने निर्णयसहित काम अघि बढिरहेको जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले समाजवादी मोर्चा कसरी अघि बढ्छ भन्नेबारेमा यसै भन्न सकिने अवस्था नरहेको जिकिर गर्नुभयो । समाजवादी मोर्चामा जनता समाजवादी पार्टी, नेपाल विभाजित भइसकेपछि सङ्कट निम्तिएको बताउनुभयो ।