कामपाका सहकारीमा सूचना अधिकारी
काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरूले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् ।
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगर विजेता बनेको हो ।
‘समाचारमा गुणस्तर र ग्रामीण क्षेत्र केन्द्रित गर्न जोड’
सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले मङ्गलबारदेखि काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अनलाइन तथा मोबाइल पत्रकारिता (मोजो) तालिम आज समापन भएको छ ।
वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूँजीवादी सामाजिक-आर्थिक ढाँचालाई परिवर्तन गर्न वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रूपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताउनुभएको छ ।
कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएन भन्नु गलत : नेता कोइराला
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नेकुरा गलत भएको दाबी गर्नुभएको छ ।
जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुभएको छ ।
प्रदेश सभा बैठक : विशेषाधिकार समिति गठन
बाग्मती प्रदेश सभाको आज अपराह्नको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ । बैठकमा सभामुख भुवनकुमार पाठकले नेपालको संविधानको धारा, १९३ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १६७ बमोजिम समिति गठनको घोषणा गर्नुभएको हो ।
१८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
काभ्रेपलान्चोकको करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ १३ गतेदेखि दुई हप्ते अभियानमा खोप लगाउन लागिएको हो ।
वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधान गर्न सभापति देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गर्नुभएको छ ।
सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन
चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका-६ देवनगरमा निर्माण गरिएको ३३-११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ-देवनगर ३३ केभी प्रसारण लाइन उदघाटन गरिएको हो ।
कार दुर्घटना : घाइते दुई जनाको मृत्यु
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकखण्डस्थित मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ ठिंगन नजिकै चौतारामा शनिबार बिहान भएको कार दुर्घटनामा गम्भीर घाइते दुई जनाको मृत्यु भएको छ भने एकजनाको उपचार भइरहेको छ ।
हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार प्रत्यायोजन गरेको छ ।
‘निजी क्षेत्रको मनोबल बढ्ने गरी बजेट आउनुपर्छ’
सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८१–८२ को बजेट संसदमा प्रस्तुत गर्ने तयारी थालेको छ ।
कार दुर्घटनामा तीन गम्भीर घाइते
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्डस्थित मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगननजिक चौतारामा शनिबार बिहान कार दुर्घटना भएको छ ।
चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई प्रहरी नायब महानिरीक्षक ९डिआइजी०मा बढुवाका लागि सिफारिस गरिएको छ ।
सभामुख घिमिरेले प्रमुख तीन दलका नेताहरूसँग छलफल गर्नुहुँदै
सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद् बैठक सुचारु गर्ने विषयमा छलफल गर्ने हुनुभएको छ ।
चितवन मनकामना मन्दिर (फोटो फिचर)
भरतपुर उपमहानगरपालिका अन्तर्गत गुन्ज नगर ८ चितवनमा अवस्थित कलात्मक एवं प्यागोडा शैलीको मनकामना मन्दिर। निकै फराकिलो क्षेत्रफलमा रहेको यो मनकामना मन्दिर काष्ठकला र अन्य कलाको एक उत्कृष्ट मन्दिर हो।
लापसे गरेर गाडी चलाउने ६ जना ड्राइभर नियन्त्रणमा
लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रवार ट्राफिक प्रहरीले काठमाडौँको नाग ढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।
निःशुल्क स्वास्थ्य बिमा गरेका छौँ
दोस्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको दुई वर्ष बितिसकेको छ । यस अवधिमा स्थानीय तहमा सङ्ख्यात्मक र गुणात्मक परिवर्तन आएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा
विष्णुमती नदी सफाई
नदीलाई स्वच्छ र सुन्दर बनाउन काठमाडौँ महानगरपालिकाले नयाँबजार खुशीबुँस्थित विष्णुमती नदीमा डोजर लगाएर सफाइ गर्दै ।
बिजुलीबजार सडक खण्ड
बानेश्वर बिजुलीबजार सडक खण्ड आसपासको क्षेत्र ।
वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूरा
‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानले ११ औँ वर्ष पूरा गरेको छ । विसं २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो ।